• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१५ पुष २०७९, शुक्रबार


    बिज्ञापन
  • टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता शुभारम्भ, ९५ जना खेलाडीहरु सहभागी

    टोखा टाइम्स, काठमाडौँ । टोखा युवा क्लवले आयोजित  टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता’ आजबाट टोखा नगरपालिका ३ वडा कार्यालयको सभाहलमा शुरु भएको छ ।

    May be an image of 4 people, people standing and text that says 'टोखा TOKHA राष्ट्रि NATI तियोगिता NAMENT'

    प्रतियोगिता शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका ३ वडाका वडाध्यक्ष रमेश डंगोलले गरेका थिए ।

    प्रतियोगितामा ९५ जना खेलाडी सहभागी रहेका छन् । यस स्पर्धामा १ प्रतियोगीले ७ वटा खेलमा भाग लिनेछन् र प्वाइन्टका आधारमा अरु चरणमा स्थान सुरक्षित गर्दै फाईनलमा प्रवेश गर्नेछन् ।

    टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता’ बिजयी खेलाडीहरुले कुल १ लाख ११ हजार नगद हात पर्ने छन् भने खुल्ला प्रतियोगिता तर्फ पहिलो हुने खेलाडीले २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ७ हजार, पाचौँ हुनेले ६ हजार पुरस्कार पाउनेछन् । त्यस्तै, प्रतियोगितामा छैटौं देखि दशौ स्थानसम्म हासिल गर्ने पाँच जना खेलाडीले ४/४ हजार पुरस्कार पाउनेछन् ।

    यसैगरी, उत्कृष्ट टोखा तर्फ प्रथमले ५ हजार दोस्रोले ३ हजार र तेस्रोहुनेले २ हजार पाउनेछन् । उत्कृष्ट एकजना खेलाडी, उत्कृष्ट महिलातर्फ एक जना, १६ वर्ष भन्दा कम उमेर तर्फबाट उत्कृष्ट एकजना, उत्कृष्ट भेन्ट्रास (५५ वर्ष माथी) एक जना, खुला तर्फ एकजनाले ३ हजार पुरस्कार पाउने छन् ।

    बाँकी खेलहरु भोलि शनिबार बिहान १० बजे देखि प्रारम्भ हुने क्लबका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

    Facebook Comments Box