• टोखा टाइम्स

    • प्रकाशित मिति:२२ पुष २०७९, शुक्रबार


    बिज्ञापन
  • प्रथम टोखा मेयरकप व्याडमिन्टन प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स । ‘प्रथम टोखा मेयर कप व्याडमिन्टन प्रतियोगिता’  शुक्रबार सम्पन्न भएको छ । द टोखाली ब्वाइजले राष्ट्रिय स्तरको उक्त प्रतियोगिता पुष २० गतेदेखि टोखा ब्याडमिन्टन एकेडेमीको ब्याडमिन्टन हलमा भएको हो ।

    “खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि” भन्ने मुल नाराका साथ सबल र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा खुल्ला मेनस डबल (बी), (सी),  (डी) र भेन्ट्रास गरी चार समूहका खेल खेलाएको थियो ।

    शुक्रबार क्लबका अध्यक्ष विकास डंगोलको सभापतित्वमा भएको समापन कार्यक्रममा बिजयी टिम तथा खेलाडीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि द्वय टोखा-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ तथा टोखा – ३ का वडाध्यक्ष रमेश डंगोलले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगिताको मेनस डबल (बी) समुह तर्फ विधान अधिकारी र पविन लिङथापा कास्कीको जोडी प्रथम भएका थिए । शिजल पोखरेल र राजु थापाको जोडी द्वितीय भएका थिए । भने, एशिए जवेगु र दिवश शंकर तथा लक्ष्मन मल्ल थकुरी र राम मल्ल थकुरीको जोडी तृतीय भएका थिए । बिजयी जोडीले क्रमशः ४० हजार नगद, २० हजार नगद तथा १०/१० हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

    त्यस्तै मेनस डबल (सी) तर्फ गणेश ढुङ्गेल र महेश खड्काको जोडी प्रथम, दामोदर श्रेष्ठ र सञ्जय श्रेष्ठको जोडी द्वितीय भएका थिए । भने, नारायण गौतम र आशिष तामाङ तथा अमर डंगोल र लक्ष्मण मल्ल थकुरीको जोडी तृतीय भएका थिए । बिजयी जोडीले क्रमशः ३५ हजार नगद, १८ हजार नगद तथा ८/८ हजार नगदका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

    मेनस डबल (डी) तर्फ रामजी के.सी. र बच्चन शेनको जोडी प्रथम भएका थिए । अमर डंगोर र सुरेश श्रेष्ठको जोडी द्वितीय भएका थिए । बिशाल मगर र हिक्मत थाकुरी तथा दान बहादुर घाले र हिरा मगरको जोडी तृतीय भएका थिए ।  बिजयी टिमले क्रमशः  ३० हजार नगद, १५ हजार नगद तथा ७/७ हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

    त्यस्तै प्रतियोगिताको मेनस भेन्ट्रास (४५ वर्ष उमेर माथी) तर्फ पुर्ण हरी होना र सञ्जय कपालीको जोडी प्रथम भएका थिए । राम शरण के.सी. र हरी खत्रीको जोडी द्वितीय भएका थिए । भने, प्रेम घले र सुवाष श्रेष्ठ तथा टिलक छन्त्याल र टिका मगरको जोडी तृतीय भएका थिए ।  बिजयी टिमले क्रमशः  २० हजार नगद, १० हजार नगद तथा ५/५ हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

    समापन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष केश कुमार श्रेष्ठले विभिन्न समयमा विभिन्न संघसंस्थाले खेलकुड प्रतियोगिताहरुको आयोजना गर्ने  गरेको भन्दै अब प्रतियोगितालाई परिष्कृत गर्दै खेल केवल खेलका लागि मात्र नभै खेलाडीहरुलाई व्यवसायीकता दिने तर्फ विशेष रुपमा अगाडी बढ्नु पर्ने धारण ब्यक्त गरे ।

    ‘हाम्रो उद्देश नगरपालिकाको बजेटमात्र सकाउने नभई खेलाडी उत्पादन गर्ने रहेको भन्दै २ र ३ वडाले टोखाबाट राष्ट्रीय स्तरका खेलाडीहरुको  उत्पादन र खेलकुदको विकासका लागि दीर्घकालिन योजना बनाएर अगाडी बढ्न तयार छौँ ।’ उनले भने ।

    त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि तथा टोखा-३ का वडाध्यक्ष रमेश डंगोलले भौतिक पुर्वाधार निर्माणमात्र विकास नभएको भन्दै स्वास्थ्य, शिक्षा चेतना लगायतको पनि विकास हुन सकेत मात्र समाज देशको विकास हुने बताए ।

    ‘खेलकुद र खेलाडीको विकासका लागि आवश्यक पर्ने योजना ल्याउनुस हामी २ र ३ वडाले सक्दो साथ सहयोग गर्नेछौँ ।’ उनले भने ।

     

     

    Facebook Comments Box