• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१२ माघ २०७९, बिहीबार


    बिज्ञापन
  • माघ १४ गते जग्गा नापजाँच विषयमा नापी टोलीसँग छलफल गरिने

    टोखा टाइम्स, काडमाडौँ । साबिक टोखा चण्डेश्वरी हाल टोखा नगरपालिका वडा नं. २ भित्रका जग्गाहरू नापजाँच सम्बन्धी विषयमा १ नं. नापी टोलीका कर्मचारीहरूको उपस्थितमा छलफल कार्यक्रम हुने भएको छ ।

    यही माघ १४ गते शनिबार बिहान ७:३० बजे वडा कार्यालयमा नापी टोलीका कर्मचारीहरूको उपस्थितमा जग्गाहरू नापजाँच विषयमा आवश्यक छलफल गर्नु पर्ने भएको भन्दै कार्यक्रममा उपस्थित हुन राजनिती दलका प्रतिनिधि, संघ संस्था, टोल विकास संस्था एवं सरोकारवालाहरूलाई वडा कार्यालयले आज सूचना जारी गर्दै अनुरोध गरेको छ ।

    नापी टोलीले यही माघ महिनाबाट नापजाँच गर्ने भनी सूचना जारी गरे पश्चात वडा कार्यालयको आयोजनामा गत माघ ५ गते बिहीबार राजनिती दलका प्रतिनिधि, संघ संस्था, टोल विकास संस्था एवं सरोकारवालाहरूको बृहत् भेला गरि त्यस सम्बन्धी प्रारम्भिक छलफल गरिए राय सुझाव संकलन गरेको थियो ।

    Facebook Comments Box