टोखा टाइम्स, काठमाडौँ । टोखामा आइबार १६ औं नेपालभाषा साहित्य तःमुज्या (सम्मेलन) सम्पन्न भएको छ ।
“जनता म्वाःसा भाषा म्वाई” (जनता रहे भाषा रहन्छ) भन्ने मूल नाराका साथ नेपालभाषा साहित्य तःमुँज्या टोखाले प्रत्येक वर्ष फागुन ७ गते आयोजना गरिदै आएको सम्मेलनले नेपालभाषा साहित्य र कला उत्थान गर्ने उदेश्यका साथ समसामयिक राजनीति विषयमा जनतालाई सचेतना दिँदै नेपाली साहित्य क्षेत्रको जगेर्नाको अहम भूमिका निर्वाह गरेको पाईन्छ ।
समाज भित्रका वेथिति, बिकृति, विसंगति,आर्थिक अनियमितता, आर्थिक असमानता, जातीय र लैङ्गिक विभेद र गलत राजनीतिक अभ्यास बिरूद्ध जनआवाज लाई सहज र सरल तरिकाले आ- आफ्नो भाषाबाट हरेक विषयहरूमा द्रुतरूपले सम्प्रेषण गरी आम जनसमुदायलाई सचेत गर्नु नै नेपाल भाषा साहित्य त: मुँज्याको उद्देश्य रहेको आयोजकले बताएको छ ।
नेपालभाषा मात्र नभएर नेपालमा प्रचलनमा रहेका जुन कुनै भाषा संस्कृति एवं साहित्यको संरक्षणका खातिर टोखामा साहित्य समेलन (तःमुंज्या) गर्दै आएको छ । जसमा प्रतियोगी तथा अप्रतियोगी दर्जनौं नवोदित साहित्यकारहरुले आफ्नो सिर्जना प्रस्तुत गर्नुका साथै साहित्य वाचन सँगसँगै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
नेपालभाषा साहित्य तःमुँज्या टोखाका अध्यक्ष काशिलाल डंगोलको सभापतित्व तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन टोखाका जेष्ठ नागरिक कृष्ण बहादुर श्रेष्ठले गरेका थिए । सम्मेलनमा साहित्य स्रस्ता तथा व्यक्ताहरुले देशमा रस्साकस्सी भैरहेको एमसिसी तथा वर्तमान राजनीति वेथितिको बारेमा आफ्ना सृजना तथा धारना तथा विचारहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमा नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेश सभासद् सुरेन्द्र गोसाई, टोखा नगरपालिका २ र ३ वडाका वडाध्यक्ष द्वर धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, टोखा तलेजु मूः नाय हेमराज श्रेष्ठ, शिक्शिषक तथा साहित्यकार शिवप्रसाद सापकोटा, इ. राजदास श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलनको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् ।