टोखा टाइम्स, काठमाडौँ । टोखाको तलेजु मन्दिरका थकाली बाबुकाजी (कान्छा) श्रेष्ठको निधन भएको छ । टोखा नगरपालिका – १ मालुङ निवासी श्रेष्ठको आइतबार राती ८७ वर्षको उमेरमा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
तलेजु मन्दिरमा खद्यः (थकाली) का रुपमा रहेका श्रेष्ठको हिजै स्थानीय पिकजोल साङ्ले खोला स्थित घाटमा अन्त्येष्टि गरिएको थियो ।
शोकको यस दु:खद घडीमा टोखा मिडिया नेटवर्क र टोखा टाइम्स परिवार मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।