• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२१ माघ २०७९, शनिबार


    बिज्ञापन
  • गुणस्तर सुधारमा फड्को मार्दै टोखा अस्पताल

    टोखा टाइम्स, काठमाडौँ । टोखा चण्डेश्वरी अस्पताल गुणस्तर सुधारमा दिन सफल भएको छ । शनिबार अस्पतालमा आयोजित अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्ड कार्यान्वन कार्यक्रममा टोखा चण्डेश्वरी अस्पताल छोटो समयमा उत्कृष्ट अस्पतालको श्रेणीमा उभिन सफल भएको घोषणा गरिएको हो ।

    टोखा चण्डेश्वरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनको सभाध्यक्ष तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको फलोअप कार्यक्रममा विशिष्ट अतिथिहरु टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी उपप्रमुख मुरारी तामाङ, टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ,  व्यस्थपन समितिका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ पुर्वअध्यक्ष दिपकराज जोशी संस्थापक अध्यक्ष कशिनारायण श्रेष्ठ लगायतको उपस्थितिरहेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयको न्युनतम सेवा मापदण्डमा अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको एक सरकारी मूल्यांकन टोलीले अस्पतालको स्थलगत अवलोकन र मूल्यांकनमा टोखा अस्पतालले ६१ अंक प्राप्त गरेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ट स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

    गत वर्ष यस्तै मूल्यांकनमा टोखा अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३१ अंकमा चित्त बुझाउनु परेको थियो । अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दंग देखिएका छन् । बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ट स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले अस्पतालको सुधार सबैका लागि गौरवको कुरा भएको बताउँदै यस्तै अबस्था कायम राख्दै थप सफलताका लागि लागिपर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    जिल्लास्तरको अस्पतालको रुपमा रहेको यस अस्पतालमा थप सेवा विस्तार गर्न कोठाको अभाव रहेको, अपरेशन कक्षको अभाव आइ.सी.यु तत्काल स्थापना गरी सञ्चालन गर्नु पर्नेमा झाले जोड् दिनुभयो ।

    उप स्वास्थ्य चौकिबाट स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रबाट क्रमिक रुपमा फड्को मार्दै जिल्लास्तरको अस्पतालको रुपमा सञ्चालित अस्पतालको बारेमा अस्पतालक मेडिकल सुपरिटेण्डेण्ट वरिष्ठ डाक्टर नवीन दर्नालले अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण राख्दै अस्पतालको पहिले र अहिलेको अवस्थाबारे सचित्र अवगत गराउनुभयो । गरे सम्भव हुने आफ्नो अनुभव साट्दै उहाँले सम्पूर्ण स्टाफ, संचालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिवद्धता ब्यक्त गर्नुभयो । साथै मेसु दर्नालले अस्पतालमा थप सेवा सुविधाको सञ्चालनको लागि भवनको आभाव रहेकोले आवश्यक जग्गा र भवनका साथै स्वास्थ्य सामाग्रीहरुको उपलब्ध गराउँन सबैमा माग गर्नुभयो ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिका आफ्नो नगरवासीहरुको स्वास्थ्य प्रति गम्भिर रहेको बताउँदै अस्पतालको लागि आवश्यक जग्गा उपलब्ध गराउँने बताउँनु भयो । यसका लागि वडा कार्यालयसँग आवश्यक गृहकार्य गरेर अगाडी बढन आग्रह गर्नुभयो ।

    नगरप्रमुख अधिकारीले टोखा अस्पताल टोखाबासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकाका जनताको रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि  स्वास्थ्य मन्त्री मा. रामेश्वरी श्रेष्ठले प्रादेशिक अस्पतालको रुपमा घोषणा भएको छोटो अवधिमानै उत्कृष्ट अंक ल्याएकोमा अस्पताल परिवारलाई धन्यवाद दिँदै थप सेवा विस्तारका लागि आवश्यक जग्गा तथा सामग्रती प्रदेश सरकारले उपलव्ध गराउने बताउनुभयो ।

    उनले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेशले स्थानीय निकायसँगको सहकारमा आवश्यक स्वास्थ्य कार्यक्रमहरु अगाडी बढाउने समेत कार्यक्रमको सम्बोधनका क्रममा बताउनुभयो । साथै उनले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाईमा पुर्याउन अस्पतालको सिंगो परिवार लाग्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले अस्पतालको सुधारका लागि व्यवस्थापन समिति तथा अस्पतालमा कार्यरत कर्मचारीहरु दिन रात लागि परेको बताउनुभयो । स्वास्थ्य क्षेत्र अन्य क्षेत्रको तुलनामा निकै नै गहन र सम्बेदनशील क्षेत्र भएकोले यस क्षेत्रको सुधारका लागि स्थानीयस्तरदेखि प्रदेशदेखि केन्द्रसम्मका सरकारले आवश्यक बजेट, दक्ष जनशक्ति, सामग्री लगायतको व्यवस्थापन तथा सहयोग गर्नु पर्नेमा जोड्दिनुभयो ।

    कार्यक्रमको प्रत्यक्ष प्रशारण भिडियो हेर्नुहोस्

     

    टोखा चण्डेश्वरी अस्पतालको सेवा सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रम वागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । अस्पताले ६१ % अंक पाएको छ ।

    Posted by Tokha Times on Friday, February 3, 2023

     

     

    Facebook Comments Box