• टोखा टाइम्स

    • प्रकाशित मिति:२८ माघ २०७९, शनिबार


    बिज्ञापन
  • किशोरीलाई आत्मरक्षा तालिम

    टोखा टाइम्स, काठमाडौँ । किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि काठमाडौँ महानरपालिका १५ वडाले नगरभित्रका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

    कामनपा १५ वडाको आयोजनामा स्वयम्भु खेलकुद बिकास समितिको संयोज तथा स्वयम्भु ट्रेडिशनल कुङ फु ट्रेनिङ्ग सेन्टरको प्राविधिक सहयोगमा वडा भित्रका विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरु प्रतिरक्षा लागि सक्षम बनाउन सात दिनको तालिम प्रदान गरिएको हो ।

    तालिमको आज समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष डंगोलले समाजमा महिलालाई कमजोर देखाउँदै आएको सन्दर्भ जोड्दै महिला हिंसा न्यूनीकरणमा तालिम फलदायी हुने बताउनु भयो । किशोरीहरु आफै सुरक्षित भएर हिँड्नुपर्ने बाध्यताका बीचमा यस्ता खाले तालिम जीवन उपयोगी हुने उहाँको भनाई थियो ।

    महिला हिंसाबाट बच्न , हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा वडाभित्रका ५० भन्दा बढी किशोरीलाई शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको तालिमको प्राविधिक सहयोगी स्वयम्भु ट्रेडिशनल कुङ फु ट्रेनिङ्ग सेन्टरका अध्यक्ष राजु नेपालीले बताउनु भयो ।

    महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको हो ।

    खेलाडी सम्मानीत

    स्वयम्भु खेलकुद बिकास समितिका अभ्यक्ष विनोद श्रेष्ठको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमा कामनपा १५ वडाका ५० वर्षउमेर माथिका खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । आफ्नो जीवनको अमुल्य समय खेल र राष्ट्रप्रती सम्पित गरेका विभिन्न खेल विधाका खेलाडीहरुको सम्मान स्वरुप  सम्मानित गरिएको स्वयम्भु खेलकुद बिकास समितिका अभ्यक्ष विनोद श्रेष्ठले बताउनुभयो ।

    उनले १५ वडामा बाँकी रहेका खेलाडीहरुको खोजि गरी खेलाडीहरुको हक हितका लागि विशेष कार्यक्रमहरु गरिने समेत बताउनुभयो ।

    स्वयम्भुको भुईखय् को खेलमैदानमा सम्पन्न भएको उक्त कार्यक्रममा कामनपा १५ वडाका वडासदस्यहरु मैया लक्ष्मी महर्जन, बिजु श्रेष्ठ, रिता मिजार लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box