टोखा टाइम्स, काठमाडौँ।गजराज जोशी ट्रष्टको आयोजनामा धार्मिकस्थल चण्डेश्वरी मन्दिर प्राङ्गणमा सामुहिक क्यता पूजा (व्रतवन्ध) एवम् ईही (बेलविवाह) कार्यक्रमको आयोजना गरिएको छ ।
नेवाः समुदायको संस्कार अनुसार वैदिक विधिपूर्वक शनिवार सम्पन्न भएको उक्त सामुहिक ईही र क्यता पूजामा २२ जवान वटुकको सामुहिक क्यता पूजा (व्रतवन्ध) र ४५ जना कन्याको ईही (बेलविवाह) गरिएको गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले जानकारी दिनुभयो ।
शुक्रबार सामुहिक क्यता पूजा (व्रतवन्ध) सम्पन्न गरिएको थियो भने शनिवार सामुहिक ईही (बेलविवाह) सम्पन्न भएको थियो ।
रजश्वला हुनु पुर्व नेवाः कन्याहरुको ईही विजोर उमेरमा गरिने अत्यन्तै महत्वपूर्ण अनिवार्य तथा पवित्र संस्कारको रुपमा रहेको छ ।
ट्रष्टले वर्षेनि सामुहिक क्यता पूजा (व्रतवन्ध) र ईही (बेलविवाह)को आयोजना गर्दै आइरहेको छ ।