• टोखा टाइम्स

    • प्रकाशित मिति:१ फाल्गुन २०७९, सोमबार


    बिज्ञापन
  • विन्ध्यवासिनी विद्यालयले गर्यो प्रथम अन्तर विद्यालय स्तरीय हिज्जे प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स, काठमाडौ । विन्ध्यवासिनी माध्यमिक बोर्डिङ विधालय टोखाले  प्रथम अन्तर विद्यालय स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ ।  शुक्रबारदेखि विद्यालयको प्राङ्गणमा आयोजना भएको  प्रतियोगिताको फाइनल आईतबार सम्पन्न भएको हो ।

    प्रतियोगितामा प्रथम नेपाल मोडल स्कुल, दितिय चन्द्रविन्दु इन्टरनेशनल हाई स्कुल र तृतिय ग्रीणल्याण्ड हाई स्कुल भएका छन्।

    प्रतियोगितामा टोखा नगरपालिकाका सामुदायीक तथा संस्थागत गरी २१ विद्यालयहरू सहभागी भएका थिए ।

    टोखा नगरपालिकाको पहिलो र नौलो कार्यक्रमको रुपमा रहेको आयोजना गर्न पाउँदा निकै नै हर्षित भएको विद्यालयका प्रधानाध्यापक बेखानारायण डंगोलले बताउनुभयो ।

    विद्यार्थीहरुको सवाङ्गिण विकासकालागि आगामी दिनहरुमा रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै जाने भन्दै उहाँले कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रमलाई सफल बनाएकोमा विद्यालय र विद्यार्थीहरुलाई धन्यबाद ज्ञापन समेत गर्नु भयो ।

    पाठ्यक्रम भित्र रही बौद्धिक विकासकालाई यस्ता अतरिक्रत रचनात्मक कार्यक्रमहरुमा सहभागि हुनु आवश्यक भएको कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य ज्ञानबहादुर तामाङले कार्यक्रममा बताउनुभयो ।

    कार्यक्रममा बोल्दै टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले नगरपालिकाले गर्नु पर्ने कार्यक्रम विद्यालयले गरेकोमा धन्यबाद दिदै आगामी दिनमा नगरपालिकाले बृहत रुपमा यो कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ज्ञानबहादुर तामाङले बिजयी टिमलाई सिल म्याडल प्रमाणपत्रका साथै नगद प्रदान गर्नुभएको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन डंगोलको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम , टोखा नगर प्याब्सनका अध्यक्ष टंक कुमार चापागाइँ लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box