• टोखा टाइम्स

    • प्रकाशित मिति:६ फाल्गुन २०७९, शनिबार


    बिज्ञापन
  • भोलि १६ औं नेपालभाषा साहित्य तः मुज्या हुने

    काठमाडौं । जनता म्वासा भाषा म्वाइ: भन्ने मुल मर्मका साथ १६ औं नेपाल भाषा साहित्य तः मुज्या यहि फागुन ७ गते हुने भएको छ। नेपालभाषा साहित्य तः मुज्या टाेखाको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर उक्त कार्यक्रमकको आयोजना गरिन लागेको हो ।

    खस नेपाली भाषा र नेपालभाषा साहित्यको संरक्षण र प्रबर्द्धनमा जोड दिदै साहित्यहरूमाथि बहस गर्ने र नयाँ पुस्तालाई साहित्यका विभिन्न विधाहरु मार्फत राजनीतिक सचेतना जगाउने मूख्य उद्देश्यका साथ १६ वर्षदेखि निरन्तर कार्यक्रमको आयोजना गरिदै आइरहेको छ ।

    आज विहान कार्यक्रममा सहभागि हुन निमन्त्रणा सहित आयोजकले प्रभावतफेरी समेत गरेको छ ।आइतबार टोखाको क्वने लाछी दबुमा आयोजना हुने उक्त कार्यक्रममा साहित्यका कविता, कथा तथा निवन्ध लगायतका विधामा प्रतिस्पर्धा गरिनुका साथै विविध साँस्कृतिक कार्यक्रम समेत रहने आयोजकले बताएको छ । कार्यक्रम विहान ११ बजेदेखि शुरु हुनेछ ।

     

    Facebook Comments Box