• टोखा टाइम्स

    • प्रकाशित मिति:६ फाल्गुन २०७९, शनिबार


    बिज्ञापन
  • बागमती प्रदेशको योजना आयोगमा डा. दिपेन्द्र श्रेष्ठ नियुक्त

    काठमाडौँ । बागमती प्रदेशको शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा.दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा २ जनालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिएका छन । बैंठकले यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा डा.होमनाथ चालिसे नियुक्त भएका थिए।

    यो सँगै आयोगले पूर्णता पनि पाएको छ। बैठकले निजामती कर्मचारी सम्वन्धी कानून निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयकहरु प्रदेशसभा बैठकमा लैजाने निर्णय समेत गरेको छ। बैठकले प्रदेश निजामती सेवाको गठन संचालन र सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको छ।

    Facebook Comments Box