• टोखा टाइम्स

    • प्रकाशित मिति:८ फाल्गुन २०७९, सोमबार


    बिज्ञापन
  • गजराज जोशी स्मृति फुटभली प्रतियोगिताको उपाधि गजराज जोशी ट्रस्टलाई

    टोखा टाइम्स, काठमाडौँ । दोस्रो गजराज जोशी स्मृति फुटभली प्रतियोगिताको उपाधि गजराज जोशी ट्रस्टले हात पारेको छ । प्रतियोगिताको पुरूष र महिला तर्फको दुबै उपाधि गजराज जोशी ट्रस्टले हात पारेको हो ।

    प्रतियोगिताको पुरूष तर्फ नेपाःयुवा क्लव दोस्रो र क्रमश: अमर ब्रदर्स क्लव र टुख्यः स्पोर्ट्स तृतीय भएका छन् । त्यस्तै, महिला तर्फ सोयल नयाँ बजार दोस्रो भएका छन् ।

    विजेतालाई टोखा नगरपालिका २ वडा कार्यालयका अध्यक्ष  धर्मेन्द्र श्रेष्ठ, भगवती क्लवका अध्यक्ष इन्द्रराज जोशी,  गजराज जोशी ट्रस्टका अध्यक्ष मनिष जोशीले पदक तथा ट्रफी प्रदान गरेका थिए ।

    भगवती क्लव टोखाले आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा दक्षिण एसियाली खेलमा सहभागी नेपालका पहिलो एथलेटिक्स धावक स्वर्गीय गजराज जोशीक‍ो स्मृतिमा आयोजित दोस्रो गजराज जोशी स्मृति प्रतियोगिता आइतबार टोखामा सम्पन्न भएको हो ।

    बिच भलिबल जस्तै बालुवामा खेलिने यो खेलमा हातको सट्टा खुट्टाको प्रयोग गर्ने गरिन्छ । दक्षिण एसियामा नौलो खेलका रुपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो ।

     

     

    Facebook Comments Box