• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१४ फाल्गुन २०७९, आईतवार


    बिज्ञापन
  • मातृभाषी सञ्चार माध्यमलाई मात्र हेर्न अलग्गै विभाग आवश्यक छः सुरेशकिरण

    टोखा टाइम्स, काठमाडौं । नेपाल भाषाको वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले मातृभाषी सञ्चार माध्यमलाई मात्र हेर्न अलग्गै विभाग खडा गरिनु पर्ने सुझाव दिएका छन् ।

    शुक्रवार प्रेस काउन्सिलको आयोजना र नेवाः पत्रकार राष्ट्रिय दवूको समन्वयमा आयोजित ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषय कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार मानन्धरले सो बताएका हुन ।



    पत्रकार मानन्धरले कुनै एउटा भाषा मर्नु भनेको त्यससँगै एउटा इतिहास, संस्कृति, परम्परा, सम्पदा पनि मर्नु बराबर भएको बताए ।

    उनले भने,‘मान्छे मरे सबै छोडेर जान्छन्, तर एउटा भाषा मरे त्यसले छोडेर जाने होइन, धेरै कुरा लिएर जान्छ । एउटा भाषा नाश भयो भने त्यस्ले एउटा इतिहास, त्यस भाषाका भित्र रहेका संस्कृति, परम्परा, सम्पदा सबैलाई लिएर जान्छ । त्यसैले भाषालाई बचाइ राख्नु राज्यको नै कर्तव्य हो ।’

    भाषा संरक्षणको लागि मातृभाषा पत्रकारिता र सञ्चार माध्यमको विशेष भूमिका रहने भएकोले मातृभाषा पत्रकारिका विकासको लागि राज्यस्तरबाट सहयोग जुटाउन काउन्सिलले भूमिका खेल्नु पर्ने सुझाव समेत दिए ।

    सो अवसरमा पत्रकार मानन्धरको सुझावलाई सहजीकारणको लागि सहयोग र्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत प्रतिवद्धता व्यक्त गरे ।


    कार्यक्रम पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र नेपाल पत्रकार महासंघया संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई राज्यस्तराबट मान्यता दिनु पर्ने पत्रकार दबुले राख्दै आएको मागलाई पनि काउन्सीले सहजीकरण गरिदिने अध्यक्ष बस्नेतले बताए ।


    कार्यक्रमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष अमरध्वज लामा, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सार्क पत्रकार समाजका अध्यक्ष राजु लामा र बिचार गोष्ठीका संयोजक तेजनारायण महर्जनले मातृभाषी पत्रकारिताको बारे चर्चा गरेका थिए ।

    पत्रकार दबू अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा आयोजित गोष्ठीलाई काउन्सिलका सदस्य शरद अधिकारीले कार्यक्रममा स्वागत गर्दै विविध भाषाभाषीको पत्रकारिता विकासको लागि काउन्सिलले गर्दै आइरहेको कार्यबारे जानकारि गराएका थिए ।

    Facebook Comments Box