टोखा टाइम्स, काठमाडौँ । नयाँ कार्यसमिति निर्वाचित गर्दै नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन टोखा सरस्वती इकाईको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
एसोसिएशन टोखा सरस्वती इकाईका अध्यक्ष हेराकाजी श्रेष्ठको सभाध्यक्ष तथा लेखापढी कानून व्यवसायी एसोसिएशनका केन्दीय अध्यक्ष सिताराम दाहालको प्रमुखआतिथ्यमा सम्पन्न अभिवेशनबाट दिनेश श्रेष्ठको नेतृत्वमा १३ सदसीय नयाँ कार्यसमिति सर्व सहमतमा चयन गर्दै सम्पन्न भएको हो ।
मंगलबार टोखा बि.एल. भ्वय् छेँमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा दिनेश श्रेष्ठ, उपाध्यक्षमा श्यामलाल श्रेष्ठ, सचिवमा जयकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजकाजी डंगोल, सहकोषाध्यक्षमा कृष्ण नारायण डंगोल र सह सचिवमा सागर राज विदारी निर्वाचित भएका हुन् ।
त्यस्तै, सदस्यमा सृजना महर्जन, शुक्र श्रेष्ठ, सुनिल श्रेष्ठ, अनिल लवट, हरिहर अधिकारी, केदार खनाल र रेनु महत चयन भएका छन् ।
निवार्चित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचत समितिका संयोजक हरिमान श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन केन्द्रीय समितिका अध्यक्ष सिताराम दाहालले व्यवसायिक सुरक्षाको लागि मर्यादित र अनुशासित भएर अघि बढ्न पर्ने बताए ।
एसोसिएसनका उपाध्यक्ष तथा बागमती प्रदेश समितिका संयोजक सूर्य बहादुर थापा, महासचिव कृष्ण प्रसाद दाहाल, कोषाध्यक्ष हरि प्रसाद पौडेल, इकाई समिति मनमैजुका अध्यक्ष बिशाल पाण्डे, कलंकीका अध्यक्ष पूर्ण श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।