• टोखा टाइम्स

    • प्रकाशित मिति:१० फाल्गुन २०७९, बुधबार


    बिज्ञापन
  • तलेजु थकाली कृष्ण बहादुर श्रेष्ठको निधन

    टोखा टाइम्स, काठमाडौँ । टोखाको तलेजु मन्दिरका थकाली कृष्ण बहादुर श्रेष्ठको निधन भएको छ । टोखा नगरपालिका – २ फौडोल निवासी श्रेष्ठको बुधबार विहान  ८९ वर्षको उमेरमा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    तलेजु मन्दिरमा खद्यः (थकाली) का रुपमा रहेका श्रेष्ठको आजै स्थानीय सपनती खोला स्थित घाटमा अन्त्येष्टि गरिएको थियो ।

    शोकको यस दु:खद घडीमा टोखा मिडिया नेटवर्क तथा टोखा टाइम्स परिवार मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।

    Facebook Comments Box