टोखा टाइम्स, काठमाडौं । टोखाको झोर महाँकालमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ ।
टोखामा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित झोरमहाँकाल देवीसँगै उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो ।
टोखा नगरपालिकाको नगरस्तरी बजेटमा निर्माण हुन लागेको उक्त मूर्ति निर्माणको मंगलबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले शिलान्यस गरेका थिए ।
वडाको पहलमा नगरस्तरी कुल ८२ लाख लागतमा झोरमहाँकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्य हाल २ रोपनी क्षेत्रफलमा बुद्ध मूर्ति निर्माण हुन्न लागेको टोखा – १ वडाका वडाध्यक्ष रमेश कुमार लामिछानेले टोखा टाइम्सलाई बताए ।
२ वर्ष अगाडि निर्वतमान अध्यक्ष श्रीकृष्ण अधिकारीको पालामा नै सो मूर्ति निर्माणको कार्य अगाडि बढेको भएता पनि यस वर्षमात्र निर्माण कार्य शुरू भएको अध्यक्ष लामिछाने जानकारी दिए ।
उक्त मूर्तिको निर्माणसँगै टोखा-झोरम हाँकालमा धार्मिक पर्यटनको विकास हुनेमा विश्वस्त रहेको उनले बताए ।
सो मन्दिर श्रीबहादुर तामाङको अध्यक्षतामा झोर महाँकाल बुद्ध मूर्ति निर्माण उपभोक्ता समिति मातहत निर्माण हुनेछ ।