• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ फाल्गुन २०७९, बिहीबार


    बिज्ञापन

    लावण्य सन्देशका प्रधान सम्पादक पवनलाल श्रेष्ठको निधन

    टोखा टाइम्स, काठमाडौं । टिपरकाे ठक्कबाट लावण्य सन्देशका प्रधानमन सम्पादक, प्रकाशकका पवनलाल श्रेष्ठको निधन बुधबार साँझ भएकाे छ ।

    शंखरापुर नगरपालिका-९ ईन्द्रायणीस्थित सडकमा बा.५ ख २४१४ नम्बरको टिपरले बा.९४ प ४४९८ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरूमा बा.९४ प ४४९८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ साँखु घर भएका ५० वर्षीय पवन लाल श्रेष्ठ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने २२ वर्षीय हरि खड्का रहेका छन् ।

    ठक्करबाट गम्भीर घाइते भएका पवन लालको नेपाल मेडिकल कलेज अत्तरखेलमा र हरिको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा सवार १ जना महिलाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ ।

    टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    अति मिलनसार, सरल स्वभावका नेपालभाषा पत्रकारिता क्षेत्रका भएका साँखुकाे घर रहेका पत्रकार श्रेष्ठ नेवाः पत्रकार राष्ट्रिय दबूका सह काेषाध्यक्ष समेत हुन ।

    Facebook Comments Box