• टोखा टाइम्स

    • प्रकाशित मिति:९ चैत्र २०७९, बिहीबार


    बिज्ञापन
  • काठमाडौँमा जापानी फिल्म फेस्टिवल हुने

    टोखा टाइम्स , काठमाडौँ।  काठमाडौँमा जापानीज फिल्म फेस्टिवल हुने भएको छ । नेपाल स्थित जापानी राजदुताबासको आयोजना तथा जाल्टानको सहयोगमा यही मार्च २५  र  २६  तारिखका दिन जमल स्थित राष्ट्रिय नाचघरमा उक्त जापानीज फिल्म फेस्टिवल हुन लागेको हो ।

    फिल्म फेस्टिवलमा देखाइने सबै जापानीज फिल्ममा अंग्रेजी सब टाइटल रहने छ भने, प्रवेश निःशुल्क रहेको जानकरी जापानी राजदुताबासले दिएको छ । साथै सो फेस्टिवलमा २५  तारिख (शनिबार) किमोनो, युकाता, क्यालिग्राफि, ओरिगामी तथा जापानी खाना लगायतको स्टल रहने जानकारी जापानी राजदुताबासले दिएको छ। किमोनो, युकाता रिजर्भ गर्नका लागि जाल्टानको इमेल मार्फत आफ्नो नाम र सम्पर्क नम्बर पठाउनुपर्ने छ।

    पोखरामा गत फ्रेबुअरी २४ र २५ तारिकका दिन पोखरा चम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा उक्त फिल्म फेस्टिवल सम्पन भएको थियो ।

     

    Facebook Comments Box