टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका वडा नम्वर ६, धापासीमा अवस्थित नमोवुद्ध इन्टरनेशनल मोडल स्कुलले आफ्नो १६ औं वर्षगाँठ विविध कार्यक्रम गरी मनाएको छ । संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको स्कुलले शनिबार आफ्नो १६ औं वर्षगाँठ तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको हो ।
स्कुलका प्रबन्धक रण बहादुर डंगोलको सभाध्यक्षतामा शनिबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङ प्रमुख अतिथि, टोखा-६ वडाका अध्यक्ष शान्ता पौडेल, टोखा नगर शिक्षा शाखा प्रमुख बाबुराम गौतम विशिष्ट अतिथि रहेको थियो । साथै आभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
विद्यालयका संस्थापक तथा प्रमुख अतिथि बाग्मती प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङले विद्यालयको गुणस्तर शिक्षाका लागि अभिभावक, विद्यालयका शिक्षकशिक्षिका तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु एकआपसमा सहकार्य गरी अगाडि बढ्नु पर्ने बताए । उनले आफ्नो विद्यालयले स्थापना कालदेखिनै विद्यार्थीहरुलाई संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समेत कार्यक्रममा बताए ।
त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तथा टोखा नगरपालिका ६ वडाकी वडा अध्यक्ष शान्ता पौड्यले विद्यार्थी जीवन भनेको नयाँ कुराहरु सिक्ने र नक्ल गर्ने उमेर भएको भन्दै शिक्षकशिक्षिका र अभिभावकले विद्यार्थी प्रति विशेष ध्यान दिएर कुलत र दुर्वेसनमा लाग्न बाट बचाउनु आवश्यक रहेको बताइन । साथै उनले विद्यार्थीहरुको भविष्य उज्वल बनाउन गुणस्तरी र नैतिक शिक्षा तथा गुणवान संस्कार दिनु पर्नेमा जोड् दिइन् ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता प्रस्तुत गरेका थिए । साथै, स्कुलको १६ औं वर्षगाँठ तथा अभिभावक दिसवको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलाप प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङ, विशिष्ट अतिथि टोखा-६ वडाकी अध्यक्ष शान्ता पौडेलले पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै, प्री प्राइमरी तर्फका यु.के.जी.की इरिशा खड्का, प्राइमरी तर्फ हिमांशु पाठक र सिनिय तर्फ रिषव जोशी यस वर्षको उत्कृष्ट विद्यार्थी हुन सफल भएका छन् ।
विद्यालयका प्रबन्धक तथा कार्यक्रमका सभाध्यक्ष रण बहादुर डंगोलले विद्यालयको १६ औं वर्षगाँठ तथा अभिभावक दिवस भव्यरुपमा सफल पार्न कार्यक्रममा उपस्थित अभिभावक, अतिथि, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनलले पुस्कृत विद्यार्थीहरुलाई बधाई दिँदै पुस्कृत हुन नसकेका विद्यार्थीहरुलाई आउँदा दिनहरुमा पुस्कृत हुन मेहेनत र प्रयास गर्न सुझाव दिएका थिए ।