टोखा टाइम्स, काठमाडौँ । यस वर्षको ४२ औं वक्तृत्वकला प्रतियोगिता शनिवार रबिभवन स्थित होटल क्राउन इम्प्रेरियरमा सम्पन्न भएको छ ।
जापान फाउण्डेशको प्रायोजन र नेपाल स्थित जापानी राजदुताबासको सहयोग तथा जापानीज भाषा शिक्षक संगठन (जाल्टान)ले हरेक वर्ष आयोजना गर्दै आएको वक्तृत्वकला प्रतियोगिता, जापानी भाषा अध्ययनरत विद्यार्थीलाई नियामानुसार जुनियर र सिनियर समूहमा छुटाइ आयोजना गरियो ।
जुनियर समूहमा १५ जना र सिनियर समूहमा ८ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । जुनियर समूहमा JLECC का अमित काउ्चा पुन प्रथम, JLECC कै सतिस महर्जन द्वितिय र ओसिन फाउन्डेसन प्रा. लि का न्हुज शाक्यले तृतिय स्थान प्राप्त गरे ।
त्यस्तै, सिनियर समूहमा JLECC का विधाता राई प्रथम, अक्क्षेरा ईन्टरनेशनल एजुकेसनका छिरिङ तेन्जिङ शेर्पा द्वितिय, क्याम्पस अफ ईन्टरनेशनल ल्याङ्गयेज विश्व भाषा क्याम्पसकी एलियाना तामाङले तृत्तिय स्थान प्राप्त गरेका थिए । दुवै समूहका प्रथम, द्वितिय, तृतिय तथा सहभागी सम्पुर्ण प्रतियोगिहरुलाई जाल्टानले ब्यवस्था गरिको सिल्ड, तक्मा, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
प्रमुख अतिथि नेपालका लागी जापानी राजदुत किकुता युताका ज्यू र विषेश अतिथि जापान फाउण्डेश नयाँ दिल्लीका प्रमुख सातो कोजीज्यू को सहभागितामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख जर्जको भूमिकामा नेपाल स्थित जापानी राजदुताबासका Cultural Secretory सातो मायुकोज्यूले गर्नुभएको थियो । JICA नेपाल प्रमुख ओकुवो आकिमिचुज्यू, जापानिज एसोशियसनका माओ सुगताज्यू, Japan University Almuni Association (JUAAN) का डा. शोभाना बज्राचार्यज्यू, AOTS का सरोज मानन्धर लगायतमा महानुभावले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो । भने, Questioner को भुमिका जाल्टान पूर्व अध्यक्ष रबिन्द्र महर्जनले निर्वाह गर्नु भएको थियो ।
जाल्टानका उपाध्यक्ष श्री सन्जय श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । वक्तृत्वकला प्रतियोगिता इन्चार्ज श्री रबि श्रेष्ठले उक्त कार्यक्रमको बिस्तृत जानकारी दिनुको थियो । जाल्टानका अध्यक्ष मनिष श्रेष्ठले धन्यबाद मन्तब्यका साथै नेपालको जापानी भाषाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साथै, जापानी राजदुत किकुता युताकाज्यू, जापान फाउण्डेश नयाँ दिल्लीका प्रमुख सातो कोजीज्यूले पनि जापानी भाषा र समसामहिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।