८ फागुन, टोखा । काठमाडौंको टोखा – ६ धापासी स्थिति नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुलले आफ्नो १७ औं वार्षिकोत्सव एवं अभिभावक दिवस विविध साँस्कृतिक प्रस्तुतिहरु सहित भव्यरुपमा सम्पन्न गरेको छ ।
सोमबार महाराजगन्ज स्थित रोयल दरवार रेष्ट्रोमा भएको उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर डंगोलले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकार बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले गर्नु भएको थियो ।
ठूलो संख्यामा उपस्थित अभिभावक र विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले विद्यालयको दिन प्रति दिनको प्रगतिको लागि प्रशंषा गर्दै उत्तरउत्तर प्रगतिको लागि शुभकामना दिनुभएको थियो । बागमती प्रदेश सरकारका माननीय ज्ञान बहादुर तामाङ (जो उक्त विद्यालयको संस्थापक एवं पूर्वप्राचार्य हुनुहुन्थ्यो) ले समेत कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।
टोखा शिक्षा शाखा प्रमुख श्री बाबुराम गौतम, प्याब्शन जिल्ला प्रमुख प्रेम कुमार राईको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट प्रस्तुती दिएका थिए । विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद भट्टले विद्यालयको गतिविधि बारे प्रकाश पर्दै भावी योजना प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा शैक्षिकसत्र २०८० मा विभिन्न इसीए/सीसीए कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।