• बानियाँटार पुलको शिलान्यास

    टोखा टाइम्स, काठमाडौं  ।  टोखा नगरपालिकाको ८ र  ११ वडा जोड्ने पुलको शिलान्यास भएको छ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले आईतबार बानियाँटारमा जाल्पा चोक जोड्ने पुल निर्माणको शिलान्यास गरेका थिए । उक्त शिलान्यास कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीको साथै नगरपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

    नगर प्रमुख अधिकारीले टोखा नगरपालिका वडा नं.११ र वडा नं. ८ जोड्ने पुल साघुरो भई यातायातमा असुबिधा भएकोले पुल निर्माण गर्न लागिएको बताए । ठेकेदार कम्पनीलाई तोकिएको समय अगाडी नैं काम सम्पन्न गरी नमूना योग्य कार्य गर्न प्रमुख अधिकारीले आग्रह गरे।

    त्यसैगरी टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिका भित्र भएका पूर्वाधार विकासका कामहरुलाई गुणस्तरीय बनाउन नियमित रुपमा अनुगमन गर्ने गरेको बताए । यो पुल निर्माण कार्यलाई पनि गुणस्तरीय बनाउन नगरपालिकाले नियमति अनुगमन गर्ने र गुणस्तरमा कमि हुन नदिने समेत बताए ।

    साथै शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले पुल निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गरिने बताए । नगरपालिकाले पूर्वाधार विकासका कामहरु लगायत शिक्षा, स्वास्थ्य, पर्यटन प्रवध्दन, वातावरण संरक्षण लगायत नगरबासीहरुसंग प्रत्यक्ष सरोकार राख्ने कार्यहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको जानकारी दिए ।

    पुल निर्माणको ठेक्का पुष्पाञ्जली /रालुकादेवी जेभी कम्पनिले पाएको छ । मूल्य अभिबृद्धि कर बाहेक ४ करोड ११ लाख १४ हजार ९ सय ३ रुपैंयाँको लागतमा सो पुल निर्माण गर्न लागिएको हो । # अर्थ नेपालबाट

    Facebook Comments Box