• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१५ बैशाख २०८०, शुक्रबार


    बिज्ञापन
  • टोखामा भोलि पाठेघर सम्बन्धी रोगहरुको निःशुल्क परीक्षण शिविर हुने

    टोखा टाइम्स, काठमाडौँ । टोखा -३ मा भोलि शनिवार पाठेघर सम्बन्धी रोगहरुको निःशुल्क परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

    तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ प्रतिष्ठानको सहयोग तथा टोखा नगरपालिका ३ नं वडा कार्यालय र टोखा सरस्वती स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन हुने शिविरमा स्त्री रोग विशेषज्ञद्वारा ३० वर्षभन्दा माथिको महिलाहरुको पाठेघर खसेको, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग तथा क्लिनिकल स्तन परिक्षण हुनेछ ।

    शिविर टोखा सरस्वती स्वास्थ्य चौकीमा विहान ८ बजेदेखी दिउँसो ३ बजेसम्म हुनेछ ।

    Facebook Comments Box