• टोखा टाइम्स

    • प्रकाशित मिति:२८ बैशाख २०८०, बिहीबार


    बिज्ञापन
  • स्वरोजगार र महिला आत्म निर्भरताको लागि ललितपुर -१६ को सहयोगमा डिजाइनिङ्ग सिलाइ तालिम सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मल रत्न शाक्यले हरेक मानिसभित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजागरको अवस्था सिर्जना हुने बताउनुएको छ ।

    मंगलबार ललितपुर महानगरपालिका १६ वडा कार्यालयको सहयोग तथा ललितपुर महानगरपालिका १६ वडा महिला समितिको आयोजना र गोर्जियस इन्स्टिच्युटद्वारा सञ्चालित स्वरोजगार र महिला आत्म निर्भरताको लागि डिजाईनिङ्ग सिलाई तालिम समापन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दैं वडाध्यक्ष शाक्यले उक्त कुरा बताउनुभएको हो ।

     

    उहाँले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो । समापन समारोहमा प्राप्त गरेको प्रमाणपत्रलाई राख्नै मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले उहाँले यहाँ सीकेको सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिनुभयो ।

    तालिम संगै उत्पादि सामग्रीको बजारब्यबस्थापनमा सघाउने , महिला उद्यमीको संख्यात्मक वृद्दि गर्दै यसको प्रवर्धनका लागि मेला आयोजना गर्नुका साथै सीप सिकेपछि त्यसलाई व्यवसायीक रुपमा अगाडि बढाउन लगानी गर्न आवश्यक रकम पछि फिर्ता दिने गरी विना ब्याज वडाले रकमको व्यवस्था गर्ने योजना बनाएको समेत बताउनु भयो ।

    देशको ५१ प्रतिशत जनसंख्या भएको महिलाहरु अब चुप लागेर घरको चुलाचोकामा मात्र सिमित नरही आफु सँगभएको सीपको उपयोग गर्दै आर्थिक आयआर्जन तथा नेतृत्व गर्ने तर्फ अगाडि बढ्नु पर्ने ललितपुर महानगरपालिका १६ वडाका वडासदस्य, महिला समितिका संयोज तथा कार्यक्रमकी सभाध्यक्ष बबिता श्रेष्ठले बताईन ।

    ४५ दिनसम्म संचालन भएको तालिमको समापन कार्यक्रममा तालिक व्यवस्थापन गरेका गोर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीर, कुमारी पार्टीकी डाइरेक्टरश शोभा डंगोलले तालिकको लागि आर्थिक सहयोग तथा सहकार्य गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिदै आउँदा दिनहरुमा पनि यस्तै सहयोग र सहयोगको अपेक्षा गरेको भन्दै तालिममा सहभागि सबैलाई सफलताको शुभकामना समेत दिएकी थिइन ।

    कार्यक्रमका अतिथि वरिष्ठ पत्रकार विजयरत्न असं वरेजु तथा कलाकार सुरेन्द्र तुलाधरले सिकेका सिपको उपयोग गरी आर्थिक आर्यआर्जनमा लाग्नु पर्नेमा जोड् दिनुभएका थिए ।

    तालिममा सहभागि प्रतिमा बज्राचार्य, रोहिणी कर्माचार्य, बिन्दिरा महर्जन, मीना शाक्य, कुन्जना बज्राचार्यलगायले तालिम अवधिभरी सिकेका सीपहरुको बारेमा आफ्ना अनुभवहरु साझा गरेका थिइन् ।

    तालिममा ४२ महिला सहभागी भएका थिए ।  कार्यक्रममा सहयोग गर्नुहुने विभिन्न व्यक्तित्व तथा सहभागीलाइ कार्यक्रम बीच प्रमाण प्रत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

    Facebook Comments Box