टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाले २ र ३ वडाका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा स्थानीय भाषामा लागू गरेको पाठ्यक्रम अध्यापन गराउन ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ सुरु गरेको छ ।
शिक्षा, खेलकुड तथा युवा शाखाको आयोजना तथा मातृभाषा संरक्षण अभियान टोखा र नेवाः ग्वाहालि पूचः टोखाको प्राविधिक सहकार्यमा सोमबारदेखि टोखा नगरपालिका ३ नम्वर वडा कार्यालयको सभाहलमा प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षणको उद्घाटन गर्दै ३ नम्वर वडा कार्यालयका वडाध्यक्ष रमेश डंगोलले टोखाको भाषा, संस्कृति तथा सम्पदा संरक्षण गर्ने उद्देश्यले सुरु गरिएको स्थानीय नेपालभाषाकै पाठ्यक्रम पठनपाठन गर्ने गराउने कार्यमा २ र ३ वडाको सहयोग रहने बताउनु भयो ।
उहाँले नेपालको संविधानले प्रदान गरेको भाषिक अधिकारलाई प्रयोग गर्दै भाषा संरक्षणको अभियानमा २ र ३ वडामा रहेका विद्यालयले पठन पाठन गराउन अनुरोध गर्दै उहाँले आफ्नो कार्यकालमा कक्षा आठसम्म नेपालभाषा कक्षा अनिवार्य रुपमा लागु गर्ने प्रतिवद्धता जनाउनु भयो ।
मातृभाषा संरक्षण अभियान टोखाका संयोजक श्रीकृष्ण मानान्धरले स्थानीय सरकारले विद्यालयहरुमा अनिवार्यरुपमा स्थानीय मातृभाषा पठनपाठन गराउनुपर्ने नीति बनाई कडाईका साथ लाग्नु पर्नेमा जोड्दिनुभयो । समयसमयमा अनुगवन गर्दै कमिकमजोरीहरुलाई निरुशाहित गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।
टोखा शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाको कार्यपालिकाको निर्णय कमोजिम हाल काठमाडौँ महानगरपालिकाले लागु गरेको पाठ्यक्रम नै पठनपाठन गराई रहेको बताउनु भयो । उहाँले स्थानीय भाषाको पाठ्यक्रम अध्ययन अध्यापन गराउन शिक्षकशिक्षिकाहरुको तयारी गर्दै आवश्यक अनुसार पाठ्क्रम तयारीको कार्य भैरहेको समेत जानकारी दिनुभयो ।
पाँच दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रममा टोखा संस्कृति संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, मोडन नेवाः स्कुलका प्रधानाध्यापक तथा नेवाः बस्ती नेवाः स्कुल अभियानता दिपक तुलाधार र डिवान स्कुलका प्रधानाध्यापक नारायण पन्थीले आआफ्ना अनुभव राख्दै आवश्य सुझाव दिएका थिए ।