• टोखा टाइम्स

    • प्रकाशित मिति:२२ जेष्ठ २०८०, सोमबार


    बिज्ञापन
  • नागरिकता विधेयक प्रमाणीकरणकाे विरोधमा नेमकिपाको प्रदर्शन

    टोखा टाइम्स, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बृहत प्रदर्शन गरेको छ ।

    नेमकिपाले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रघाती भएकाे भन्दै आज विहान काठमाडाैंकाे काेटेश्वरबाट जुलुस निकालेर नयाँ बानेश्वरमा आएर प्रदर्शन गरेको हो ।

    नेमकिपाले प्लेकार्डमा अतिक्रमित भूमि फिर्ता गर, भारतीय विस्तारवाद र एकाधिकार पुँजी मुर्दावादलगाएतका नारा लेखेर प्रदर्शन गरेकाे थिए ।

    नेमकिपाकाे एसपीपी सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि मिचिएको भारतीय नक्सा खारेज गर्नुपर्ने, प्रमाणीकरण गरिएको विधेयक खारेज गर्नुपर्नेलगाएतकाे माग छ ।

    Facebook Comments Box