• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२४ असार २०८०, आईतवार


    बिज्ञापन
  • विदेशी संगीतकर्मीको नेपाल मोह

    टोखा टाइम्स, काठमाडौं । अष्ट्रिया देशका संगीतकर्मी Frizzey Grief द्वारा संचालित संस्था Frizzey Life Association को सहायतामा यही असार २३ गते एक बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौं र भक्तपुर जिल्लाको सिमानामा पर्ने मनोहरा सुकुम्बासी बस्तीमा संचालित उक्त शिविरमा ६ जना स्वास्थ्यकर्मीहरूले सेवा गरेका थिए ।

    यस शिविरको क्रममा स्वास्थ्य सेवाबाट वञ्चित अत्यन्तै विपन्न परिवारका मानिसहरूलाई नि:शुल्क ब्लड सुगर जाँच, समग्र स्वास्थ्य जाँच तथा औषधि वितरण पनि गरिएको थियो । यस शिविरबाट जम्मा २८९ जना बिरामीहरूले लाभ प्राप्त गरेका थिए ।

    Frizzey Life Association ले २०७२ सालको भूकम्प पश्चात नेपालका सबै जिल्लामा पुगेर दशौं हजार परिवारलाई राहत वितरण गर्ने, दुर्गम गाउँका विद्यालय भवन निर्माण गर्ने जस्ता धेरै परोपकारी कामहरू पनि गर्दै आएको छ ।

    Facebook Comments Box