काठमाडौँ (टोखा टाइम्स)। धार्मिक, साँस्कृतिक एवम् पुरात्वातिक महत्व बोकेको टोखा स्थित बौडेश्वर मन्दिर परिसरमा मेला लागको छ । टोखा नगरपालिका र बौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका १ झोरस्थित मन्दिर तथा झरनामा शनिबार उक्त मेला लागेको हो ।
शनिबार विहानदेखि लागेको बौडेश्वर मेलामा हजारौं भक्तजनले मेला अवलोकन गरेको टोखा नगरपालिका १ का वडाध्यक्ष रमेश लामिछानेले जानकारी दिनुभएको छ ।
पछिल्लो समय मन्दिर तथा झरनामा आन्तरिक पर्यटकको गन्तव्यको रुपमा विकास भैरहेको छ । बौडेश्वर मन्दिरको विकासका लागि टोखा नगरपालिकाले गुरु योजना बनाएर काम गरिरहेको छ । बौडेश्वर संरक्षण समितिले बौडेश्वर मन्दिर तथा झरनामा आन्तरिक तथा वाह्यिय पर्यटक भित्र्याउनका लागि मन्दिरसम्म जाने सिंढि निर्माण गर्ने, भक्तजनलाई सहज दर्शनको व्यवस्थाको वातावरण बनाउने लगायतको काम गरिरहेको छ ।
टोखामा बौडेश्वर सहित सपनतीर्थ, चण्डेश्वरी लगायतको महत्वपुर्ण धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर रहेका छन् ।भने, प्राचीन बस्ती टोखामा बजार नेवाः समुदायले विभिन्न जात्रा मनाउँदै आएका छन् । टोखा नगरपालिकाका नगरप्रमुअ प्रकाश अधिकारीले टोखाको साँस्कृतिक संरक्षणका लागि हरेक आर्थिक वर्षमा बजेट समेत विनियोजन गर्दै आईरहेको जानकारी समेत दिनुभएको छ ।