टोखा टाइम्स, काठमाडौं – टोखा नगरपालिका वडा नम्बर ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।
यही आउँदो श्रावण २० गते शनिबार बिहान ७ बजेदेखि वडा कार्यलय परिसरमा हुने उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक सुनुवाई तथा सल्लाह सुझाव संकलन गरिने वडाध्यक्ष रमेश डंगोलले बताउनुभयो । उहाँले सम्पुर्ण वडावासी तथा सरोकारवालाहरूलाई उक्त कार्यक्रममा उपस्थितिकोलाई अनुरोध समेत गर्नुभएको छ ।