• टोखा टाइम्स

    • प्रकाशित मिति:२० श्रावण २०८०, शनिबार


    बिज्ञापन
  • टोखा नगरपालिका-३ को सर्वाजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौं – टोखा नगरपालिका- ३ वडाको सर्वाजनिक सुनुवाई सम्पन्न भएको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुती तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

    टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङको प्रमुख आतिथ्यमा सरस्वती मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा वडाध्यक्ष रमेश डंगोलले आ.व २०७९/८० को कार्यसम्पादन प्रगति तथा उपलब्धि विवरणहरु प्रस्तुत गर्नुका साथै वडाबासीहरुले राखेका जिज्ञाषाहरुको समेत जवाफ दिएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख मुरारी तामाङले नगरपालिकाका ११ वटा वडाहरु ३ वडाले आज खुल्ला रुपमा आयोजना गरेको कार्यक्रम वास्तममा सार्वजनिक कार्यक्रम भएको बताउँदै वडाका जनप्रतिनिधिहरुलाई बधाई दिएका थिए । उनले आ.व. २०८०/८१मा नगरको उन्नती र नगरबासीका लागि नगरपालिकाले स्रोत र सामथ्यले भ्याएसम्मको कार्यक्रम निर्माण तथा बजेट विनियोजन गरेको समेत कार्यक्रममा बताए ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बि.सी तथा वडा अध्यक्ष रमेश डंगोलले नगर तथा वडाका बारेमा सोधेका प्रश्नका जवाफ दिएका थिए ।

    सार्वजनिक सुनुवाईमा खानेपानी, स्वास्थ्य, शिक्षा, फोहोरोमैला व्यवस्थापन, सडकवत्ति, सिसि क्यामरा, सार्वजनिक जग्गा, खेलकुद, नगरपालिकाको कमजोर सुशासन प्रणालि लगायतका विषयमा सुनुवाईमा सहभागीले प्रश्न तथा सुझाव दिएका थिए ।

    हास टोलमा घर निर्माण गर्दा सडक फराकिलो गर्न वडाले गरेको अरोधलाई स्वीकार गरेबापत घर धनिहरुलाई सम्मान गरेका थिए । त्यसै, टोखाको सांस्कृतिक सम्पदाहरुको पुनर्निमाण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाएका सपनतीर्थ विकास समितिका अध्यक्ष तथा सामाजिक अभियान्त देवाराज डंगोललाई समेत सम्मान गरेका थिए ।

    वडा सचिव सानु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वडासदस्यहरु शान्ता राई, हरिकृष्ण श्रेष्ठ , हरिभक्त श्रेष्ठ, राममाया नेपाली, पुर्व गा.वि.स. अध्यक्ष बाबुलाल डंगोल, विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि तथा वडाबासीको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box