• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ फाल्गुन २०७८, बिहीबार


    बिज्ञापन

    एमसीसी विरुद्धको सदन र सडक तात्यो

    काठमाडौँ — अमेरिकी सहयोग परियोजना एमसीसीका सवालमा सदन र सडक विभाजित छ । राजनीतिक दलहरु एमसीसीको विपक्षीमा खुल्दै गएपछि यो सम्झौता संदनबाट पास हुने सम्भावना पनि कम हुँदै गएको छ ।

    एमसीसी टेबल हुन नदिन सत्तारुढ दलकै भातृसंगठन र सुरुदेखि नै एमसीसीको विरोधमा रहेका राजनीतिक दलसहित आम सर्वसाधरण समेत सडकमा ओर्लिएपछि बुधबार काठमाडौँको बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । एमसीसी विरुद्ध चर्को नारावाजी गरीरहेका आन्दोलनकारी र प्रहरीबीच पटक पटक झडप भयो ।

    शान्तिपूर्ण कार्यक्रमले एकाएक आन्दोलनमा परिणत भयो । प्रदर्शनकारीले एभरेस्ट होटल नजिक प्रहरीले राखेको घेरा तोड्न बारम्बार कोशिस गरेपछि प्रहरीले पानीको फोहोरासहित दर्जनौ सेल अश्रु ग्याँस प्रहार गर्यो ।

    प्रर्दशनमा उत्रिएका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले आफ्ना शीर्ष नेतृत्वलाई एमसीसी विरुद्ध दवाव दिन सडकमा ओर्लिएको बताउँछन । नेकपा माओवादी एमसीसीको विरुद्धमा छ, उसले एमसीसी खारेजीको विकल्प नभएको भन्दै कुनै पनि हालतमा सदनबाट एमसीसी पास हुन नदिन जस्तोसुकै कदम चाल्न आफुहरु तयारी रहेको बताउँदै आएको छ ।

    सत्तारुढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेपाल मजदुर किसान पार्टीका भ्राृत संगठनहरुले पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गरे । आम सर्वसाधरण समेत एमसीसी जसरी पनि खारेज गर्नुपर्ने भन्दै सडकमा आएका थिए ।

    प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा परी दर्जनभन्दा बढी प्रर्दशनकारी र केहि सुरक्षाकर्मी समेत घाइते भएका छन । विरोधमा प्रदर्शनमा उत्रिएका झन्डै दुई सय बढी प्रदर्शनकारी पक्राउ परेका छन ।

    Facebook Comments Box