• टोखा टाइम्स

    • प्रकाशित मिति:३२ श्रावण २०८०, बिहीबार


    बिज्ञापन
  • टोखा झोर: आँखा पाक्ने रोगको संक्रमणका कारण विद्यालय ४ दिनसम्म बन्द हुने

    टोखा टाइम्स, काठमाडौं । आँखा पाक्ने रोगको संक्रमणबाट बालबालिकालाई जोगाउन भन्दै टोखा नगरपालिका-१, झोरमहाँकालका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन पठनपाठन बन्द हुने भएका छन् ।

    टोखा नगरपालिका १ वडाका वडाध्यक्ष रमेश लामिछानेले सूचना जारी गर्दै भनेका छन्-‘विद्यालयमा अध्यनरत अधिकांश विद्यार्थीहरूमा आँखा पाक्ने रोगको संक्रमणबाट ग्रसित भएको र यो समस्या बढ्दो क्रममा रहेकोले आँखा पाक्ने रोगको संक्रम थप फैलिन नदिन भाद्र १ देखि ४ गतेसम्म पठनपाठन बन्द हुने व्यहोरा अनुरोध छ ।’

    Facebook Comments Box