• टोखा टाइम्स

    • प्रकाशित मिति:३ भाद्र २०८०, आईतवार


    बिज्ञापन
  • टोखा नगरपालिका-२ः आँखा पाक्ने रोगको संक्रमणका कारण विद्यालय ४ दिनसम्म बन्द हुने

    टोखा टाइम्स, काठमाडौं । आँखा पाक्ने रोगको संक्रमणबाट बालबालिकालाई जोगाउन भन्दै टोखा नगरपालिका-२ का सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन पठनपाठन बन्द हुने भएका छन् ।

    टोखा नगरपालिका-२ वडाका कार्यवाहक अध्यक्ष अमर डंगोलले सूचना जारी गर्दै भनेका छन्-‘सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू आँखा पाक्ने रोगबाट ग्रसित भइ पठनपाठनमा समस्या उत्पन्न भइरहेको र उक्त समस्या बढ्दो क्रममा रहेकोले आँखा पाक्ने रोगको संक्रमण थप फैलिन नदिन मिति २०८०/०५/०५ गते देखि २०८०/०५/०८ गते सम्म विद्यालयमा पठनपाठन बन्द हुने व्यहोरा यसै सूचना मार्फत सर्व साधारणमा जानकारीको लागि अनुरोध गरिन्छ ।’

    Facebook Comments Box