• टोखा टाइम्स

    • प्रकाशित मिति:११ भाद्र २०८०, सोमबार


    बिज्ञापन
  • टोखाका पौभा चित्रमा एक दक्ष युवा कलाकार

    टोखा टाइम्स, काठमाडौं । परम्परागत नेपाली बौद्ध चित्रकलाको फॅाटमा मुख्यतय : दुई शैली देखिन्छन्। पहिलो काठमाडौं उपत्यका भित्र हुर्किएको नेवार शैली र दोस्रो हिमालय शृङ्खलाको पाखा कन्दराहरूमा तिब्बती धार्मिक एवं सॅास्कृर्तिक प्रभावमा विकसित तिब्बतीशैलीअर्थात थाक्सी कला।त्यसैले यस किसिमको कलाकृर्तिमा कलाकारको चर्मचक्षुले देखेको वस्तु भन्दा शास्त्रीय प्रतीभा लक्षण विधानमा सीमित भई आफ्नो अन्तर मनले ध्यान गरेका भाव चित्रणको प्राधान्यता हुन्छ। तर यसमा कलाकारले आफ्नोआधारभूत ज्ञान, परिश्रम र सीपबाट निष्काशित रूप रंग – रसमा धुर्यको आधारमा मात्रै यस कलाले आफ्नो छुट्टै कलाशैली कायम गर्न सकेको देखिन्छ। त्यसैले देवी देवताका चिेत्रयुत्त सोही कलाकृर्तिलाई कसैले पौभा चित्र त कसैले थांका चित्र भनी सम्बोधन भयो। पौभा चित्रको प्राविधिक स्वरूप अनुसार दुई भेद छन्- पहिलो – सरल देवीदेवताका स्पष्ट आकृर्ति युत्त र दोस्रो ज्यामितिय रेखांकन युत्त – मण्डल चित्र।

    नेपाल आर्ट काउन्सिलमा युवा कलाकार रवि श्रेष्ठको बौद्ध धर्ममा आधारित एउटा पौभा चित्रको हालै प्रदर्शनी भएको छ। सुजाताले भगवान बुद्धलाई खीर दान गरिरहेको चित्रमा कलात्मक अभिव्यक्ति झल्किन्छ। आफ्नो कलालाई स्वधर्म ठान्ने कलाकार रवि कलाको माध्यमबाट विश्वमा शान्तिको सन्देश फिजाउने अभिलाषा राख्दछ। यस चित्रमा रविको परिश्रम र सीप झल्किन्छ।

    टोखामा जन्मिएका रवि गुरू राम प्रकाश श्रेष्ठ कहॅा गई चित्रकारिता सम्बन्धी रंग घोट्ने , रंगको नाम र गुण जान्ने देखि क्यानभासाम कपडा तयार गर्ने कला सिके। त्यसपछि विधिवत रूरमा चित्रकर्मको अतिरित्त देवी देवताको भाव- भंगीमा , मुद्रा आसन जस्ता शास्त्रीय कला सम्बन्धी ज्ञान, देढ दशक देखि स्वतन्त्र रूपमा पौभा चित्रकारितालाई आफ्नो पेशागत रूपमा अभ्यासरत छन्।- हिक्मत डंगोल

    Facebook Comments Box