• टोखा टाइम्स

    • प्रकाशित मिति:१२ भाद्र २०८०, मंगलवार


    बिज्ञापन
  • ‘स्मृति भाव सागर- ४ औं संस्करण’ लोकार्पण, यस वर्ष ५८ जना दिवंगत

    टोखा टाइम्स, काठमाडौं । टोखामा वर्ष दिनभर दिवंगत हुनुभएकाहरुको फोटो र परिचय संग्रहीत पुस्तक ‘स्मृति भाव सागर – ४ औं संस्करण’ लोकार्पण भएको छ । भावी सन्ततिलाई पुर्खाको बिरासत र सामाजिक योगदानका कर्म, कार्यलाई चिरकालसम्म जीवन्तता दिने परिकल्पनाका साथ नेवाःगुथि तोखाद्वारा प्रकाशित स्मृति भाव सागरको ४ औं  संस्करण लोकार्पण भएको हो । लोकार्पण कार्यक्रमको आयोजना नेवाः गुथि तोखाले गरेको थियो ।

    टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा निवर्तमान वडाध्यक्ष दिपकराज जोशी, निवर्तमान उपमेयर ज्ञानमाया डंगोल, तलेजुका मुः नाय हेमराज श्रेष्ठ तथा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको विशेष आतिथ्य टोखा -२ की वडासदस्य सविना श्रेष्ठ टोखा-३ वडाका वडासदस्य द्वय हरिकृष्ण श्रेष्ठ र राममाया नेपाली रहेको थियो ।

    नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथीहरूद्वारा पुस्तकको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।

    टोखा नगरपालिका २ र ३ वडाको सहयोगमा प्रकाशित उक्त पुस्तकको लोकापर्ण कार्यक्रममा उपस्थित दिवंगतका परिवार जनलाई फोटो सहितको श्रद्धाञ्जली तस्वीर वितरण गरिएको थियो ।

    ५८ जना दिंवगत

    प्राचीन टोखा भित्र २०७९ को सापारुका दिनदेखि २०८० श्रावण मसान्तसम्म  ५८ जना दिवंगत भएका छन् । प्रकाशित पुस्तक अनुसार  २० जना क्यान्सर, १४ जना मुटु रोग, ४ जना हृदयघात र २ जना मृगौला रोगका कारण मृत्यु भएका छन् । लिंग अनुसार मृत्यु हुनेमा ३० महिला र २८ पुरुष रहेका छन् ।

    Facebook Comments Box