• टोखा टाइम्स

    • प्रकाशित मिति:३ आश्विन २०८०, बुधबार


    बिज्ञापन

    संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) टोखाको आयोजनामा वृक्षारोपन कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौं । नवौं संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), टोखा वडा कमिटी ३ ले वृक्षारोपन कार्यक्रम गरेको छ ।

    नेकपा (माओवादी केन्द्र) टोखा वडा कमिटी ३ को आयोजनामा तथा गलिंद्व सार्वजनिक जग्गा संरक्षण समितिको सहयोगमा  टोखा -३ स्थित गलिंद्वमा रहेको सार्वजनिक स्थलमा दुई सय भन्दाबढी बोट विरुवाहरु वृक्षारोपन गरेको हो ।

    नेकपा (माओवादी केन्द्र) टोखा वडा कमिटीका अध्यक्ष हरी कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको वृक्षारोपन कार्यक्रममा बाग्मती प्रदेश सांसद तथा टोखा नगर इन्चार्ज राधिका तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

    विक्षारोपण कार्यक्रममा टोखा नगर कमिटीका अध्यक्ष नवीन डंगोल टोखा नेवाः मुक्ति मोर्चाका अध्यक्ष राम राज श्रेष्ठ केन्द्रीय सदस्य तथा नगर कमिटी सल्लाहकार हेरकाजी डंगोल, आशाकाजी महर्जन लगायत कमिटीका सदस्य तथा समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

    राधिका तामाङ : संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) टोखा-३ को आयोजन तथा गलिंद्व सार्वजनिक जग्गा संरक्षण समितिको सहयोगमा आयोजित बृहत् वृक्षारोपन कार्यक्रममा सान्दर्भिक मन्तव्य राख्नुहुँदै बाग्मती प्रदेश सांसद तथा टोखा नगर इन्चार्ज राधिका तामाङ । Tokha Times

    Posted by Tokha Media Network on Tuesday, September 19, 2023
    Facebook Comments Box