• टोखा टाइम्स

    • प्रकाशित मिति:४ आश्विन २०८०, बिहीबार


    बिज्ञापन

    राष्ट्रिय युवा संघ, टोखा नगर २ कमिटीको सरसफाई कार्यक्रम सम्पन्न

    टोखा टाइम्स । राष्ट्रिय युवा संघ नेपाल,  टोखा नगर २ वडा कमिटीले आज टोखाको थने लाछीमा रहेको दबु सरसफाई गरेको छ । नजिकिदै गरेको येँया पुन्ही (इन्द्रजात्रा) लाई लक्षित गर्दै सांस्कृतिक महत्व बोकेको दबुको सरसफाइ गरेको कमिटीका अध्यक्ष उपकार श्रेष्ठले बताए ।

    राष्ट्रिय युवा संघ सामाजिक तथा सांस्कृति कार्यमा निरन्तर लागि रहने समेत अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा कमिटीका सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

    Facebook Comments Box