• टोखा टाइम्स

    • प्रकाशित मिति:५ आश्विन २०८०, शुक्रबार


    बिज्ञापन
  • विविध पुरस्कारसँगै नेवाः देय् दबूको २९ औं स्थापना दिवस मनाइयो

    टोखा टाइम्स, काठमाडौं । नेवाः समुदायको राष्ट्रिय संगठन नेवा: देय् दबूको २९औं स्थापना दिवस भव्यरुपमा मनाएको छ । शुक्रबार भएको स्थापना दिवस कार्यक्रममा उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख आतिथ्यको रुपमा रहेका थिए । नेवाः देय् दवूका वरिस्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष चन्द्रलाल राजभण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा नारायणदेवी तीर्थ सिरपा (पुरस्कार) र गिरिधरलाल नेपालभाषा सेवा सिरपा (पुरस्कार)  हस्तान्तरण गर्ने कार्य भएको हो ।

    यस वर्षको नारायणदेवी तीर्थ सिरपा (समाज सेवा विधा अन्तर्गत) डा. महेशमान श्रेष्ठ र नेवाः समाज भरतपुरलाई प्रदान गरिएको छ । त्यस्तै, नारायणदेवी तीर्थ सिरपा (व्यवसाय प्रोत्साहन सिरपा) नेपालमण्डल टेलिभिजन प्रा.लि लाई प्रदान गरिएको छ । प्रमाण-पत्रका साथै एक लाख रुपैया नगद हस्तान्तरण गरिएको छ ।  नेवा: देय् दबूका संरक्षक तथा मानव अधिकारकर्मी मल्ल के. सुन्दरले प्रमाणपत्र प्रदान गरेका थिए भने चेक दाताका परिवारले हस्तान्तरण गरेका हुन् ।

    ‘नारायणदेवी तीर्थ सिरपा’ समाजसेवी स्वर्गीय तीर्थमान मानान्धर र नायारणदेवी मानन्धरको सम्झनामा स्थापना गरिएको हो ।

    गिरिधरलाल मानन्धरले स्थापना गरिएको गिरिधरलाल नेपालभाषा सेवा सिरपा प्रा. प्रेमशान्ति तुलाधर र नेपाल लिपि गुथि लाई प्रदान गरिएको छ । प्रमाण-पत्रका साथै ५०/५० हजार नगद हस्तान्तरण गरिएको छ । दबूका संरक्षक मल्ल के.सुन्दर तथा दबूका वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले प्रमाणपत्र प्रदान गरेका थिए भने चेक दाताका परिवारले हस्तान्तरण गरेका हुन् ।

    त्यस्तै, कार्यक्रममा वरिष्ठ समाजसेवी पञ्चवीर सिं तुलाधरलाई कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री नारायण काजी श्रेष्ठले दोसल्ला ओदाएर सम्मान गरेको थियो ।

    पुरस्कारको छनोट कमिटीका अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, सदस्य सचिव पवित्र बज्राचार्य, (अध्यक्ष नेवाः देय् दबू), डा. सुमित्रा मानन्धर, डा. लोचनदेवी मानन्धर, रमना श्रेष्ठ, विमल बहादुर र शाक्य त्रिरत्न शाक्य रहेका थिए ।

    नेवा: देय् दबूका महासचिव सत्यनारायण डंगोलले सञ्चालन गरेको सो कार्यक्रमा नेवा: देय् दबूका संरक्षक तथा मानव अधिकारकर्मी मल्ल के. सुन्दर,  मा. शैलेन्द्र बज्राचार्य, आदिवासी जनजातप उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल भर्ती मगर, वरिष्ठ समाजसेवी पञ्चवीर सिं तुलाधर, सल्लाहकार राजेन्द्र श्रेष्ठ देय् दबूका केन्द्रीय तथा विभिन्न समितिका सदस्यहरु लयातको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box