• टोखा टाइम्स

    • प्रकाशित मिति:११ आश्विन २०८०, बिहीबार


    बिज्ञापन
  • ख्याल तथा संस्कृतिकर्मी सम्मानित

    टोखा टाइम्स, काठमाडौं । यस वर्षको गुँपुन्हि ख्यालकर्मी तथा नव वाध्यवादकहरू सम्मानित भएका छन् । टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिको आयोजनामा टोखा परम्परागत चाकु संरक्षण समाज र नेवाः लहना टोखाको व्यवस्थापनमा बुधबार विश्व पर्यटन दिवसको अवसरमा टोखाको क्वने लाछीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

    गुँपुन्हि वापिइगु (रोपाई) जात्राका दिन विभिन्न हाँस्य तथा व्यंगात्मक प्रहशन तथा झाँकी मध्य उत्कृष्ट ख्याली म्होम्ह (ख्यालकर्मी) राम श्रेष्ठ(पानी जहाज), ढाका प्याखं (मूध्वाखा धिमे खलः), स्वस्थानि व्रत कथा (मुस्खारेश्वर भजन खल:) र बाल कृष्ण श्रेष्ठ, हेराकाजी श्रेष्ठ (नायखि चुइका वगु) लाई नगद तथा सम्मानपत्र सहित गुँपुन्हि ख्याली सिरपा-११४३ बाट सम्मान गरेका थिए ।

    त्यस्तै, गुँला ख्यालिमा लामो समयदेखि निरन्तर समर्पित हुँदै आइरहेका ज्ञान बहादुर डंगोल, लक्ष्मी डंगोल, अनिश महर्जन, कृष्ण डंगोल , रोहन डंगोल (साः वना वगु), गोपाल नापित र आशामरु श्रेष्ठ (अयला तुंका वयु), भक्त बहादुर श्रेष्ठ (न्या लाना वगु) माईला श्रेष्ठ (कुःज्या) सम्मानित भएका थिए ।  मुल्याङ्कन समितिको सिफारिसका आधारमा सम्मान तथा पुस्कार वितरण गरेको हो ।

    कार्यक्रममा वापिइगु (रोपाई) जात्राका साथै विभिन्न ख्यालि कार्यक्रमको नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएरहेको सपनतीर्थ गुँला धां बाजा खलःलाई विशेष विशेष सम्मान गरिएको थियो । कार्यक्रममा धां बाजाका १२ जना नव वाद्यवादक तथा गुरु पञ्चलाल श्रेष्ठलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुरारी तामाङले टोखाको जिवनत संस्कृति तथा सम्पदालाई टोखा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘प्राचीन सांस्कृतिक नगरी टोखाको जिवनत संस्कृति तथा सम्पदाकाको सम्बर्द्धन र प्रबर्द्धनका लागि टोखा नगरपालिकाले सक्दो सहयोग गर्ने बाचा गर्छु । तपाईहरुको मनोबल गिराउने गरी संस्कृतिमा कुनै अवरोध हुने काम हामी गर्ने छैनौं ।’

    ‘टोखाको संस्कृतिको लागि नगरपालिकाले बिनियोजन गरेको बजेट चित्त बुझ्दो छैन । हामी यस विषयमा वृहत छलफल र कार्य योजना बनाई आवश्यक बजेटको व्यवस्था गर्नेछौँ ।’-तामाङले बताउनु भयो ।

    कार्यक्रमा सम्बोधन गर्दै टोखा नगरपालिका ३ वडाका वडाध्यक्ष रमेश डंगोलले टोखालाई संस्कृति तथा धार्मिक सम्पदाको धनि बनाउनका लागि हाम्रा अग्रजहरुले दिएको योग्दानको हामीले सम्मान गर्नु पर्ने बताउनु भयो ।

    अध्यक्ष डंगोलले वडालाई पर्यटन प्रवर्द्धन गर्दै सांस्कृतिक र धार्मिक धरोहरको रुपमा उभ्याउनका लागि वडा तथा नगर स्तरी बजेट मार्फत विभिन्न कार्य भैरहेको भन्दै यस आर्थिक वर्षमा ५० लाखभन्द बढि बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो ।टोखा २ र ३ को सांस्कृतिक सम्पदा तथा सस्कृतिको सम्बर्द्धन र प्रबर्द्धनको लागि विशेष खाका बनाई अगाडि बढ्ने भन्दै वडाको कार्यक्रमहरुमा साथ सहयोग गर्न वडाबासीहरुमा अनुरोध गर्नुभयो ।

    टोखा संस्कृति संरक्षण विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पर्दै सारगर्भित मन्तव्य राख्नु भएको थियो ।’टोखाको मौलिकता, ऐतिहासिकता र सांस्कृतिकको सवालमा हामीसँग भएका अति नै महत्वपुर्ण साँस्कृतिक सम्पदाहरुलाई व्यवस्थित ढंगबाट व्यवस्थापन गरी टोखामा कसरी पर्यटन प्रबर्द्धन गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढिरहेको छ ।’, अध्यक्ष गणेशमान श्रेष्ठले बताउनु भयो ।

    श्रेष्ठले भन्नु भयो-‘सबै भन्दा पहिले हामीसँग भएका संस्कृतिको जीवनतता दिने हाम्रो पहिलो कर्तव्य हो ।यसमा सम्पुर्ण सांस्कृतिक खलः पुचः आआफ्नो ढंगबाट निरन्तर समर्पित लागि रहनु भएकोमा उच्च सम्मान गर्दै यसरी नै निरन्तर लागि रहने छ भनेर आशा गरेको छु ।’

    ‘संस्कृतिमा आफ्नो जीवन सम्पित गरेका ५० वर्ष पुगेका व्यक्तिलाई सम्मान स्वरुप सांस्कृतिक भक्ता व्यवस्थाको लागि नगर प्रमुख प्रकाश अधिकारी सँग कुरा भैरहेको छ । नगर प्रमुखले अर्को आर्थिक वर्षदेखि यो कार्यको थाल्नि गर्ने हामीलाई बच्न दिनुभएको छ ।’, अध्यक्ष श्रेष्ठ बताउनु भयो ।

    टोखामा रहेको जीवत संस्कृत तथा सम्पदाको सम्बर्द्धन र प्रबर्द्धनको लागि टोखा नगरपालिकाले सांस्कृतिक संरक्षित बिकास क्षेत्रको स्थापना गरिएको छ । यसका लागि आवश्यक बजेट तथा कार्यक्रमको लागि पटक पटक जनप्रतिनिधिहरुसँग छलफल भैरहेको छ । बस्ती भित्रका घरहरुको एकरुपता तथा मुहार परिवर्तन तथा भौतिक पुर्वाधार निर्माणका लागि टोखा नगरपालिका आफ्नै ढंगबाट बजेट विनियोजन तथा कार्यक्रम गरिरहेको छ ।

    विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सरस्वती चौरमा विदेशि पर्यटकहरुलाई स्वागत सत्कार गर्दै टोखा नगर परिक्रमा गरी क्वने लाछी दबुमा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा हरि बहादुर श्रेष्ठद्वारा लेखित तथा निर्देशित नाटक मञ्चन समेत गरिएको थियो । साथै विद्यालयका विद्यार्थीहरुले नाच समेत प्रस्तुत गरिएको थियो ।

    टोखा संस्कृति संरक्षित बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा टोखा नगरपालिकाका उपप्रमुख मुरी तामाङ रहनुभएको थियो । विशिष्ट अतिथि टोखा -३ वडाका अध्यक्ष रमेश डंगोल, वडासदस्य हरिभक्त श्रेष्ठ टोखा तलेजु मू नायः हेमराज श्रेष्ठ तथा अतिथि टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ कार्यक्रममा मुल्याङ्कन समितिका सदस्यहरु अष्ट नारायण डंगोल, हरिदास श्रेष्ठ, हरि बहादुर श्रेष्ठ र मोतिलाल श्रेष्ठका साथै विदेशी पाहुनाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका सचिव हेराकाजी डंगोलले सञ्चालन गर्नुभएको थियो ।

    Facebook Comments Box