टोखा टाइम्स, काठमाडौँ । टोखा – २ दुबु स्थित सार्बजनिक जग्गाको छेउछाउमा वृक्षारोपन गरिएको छ । टोखा नगरपालिका २ वडा कार्यालय आयोजन तथा लुम्विनि विश्व शान्ति मञ्चको सहकार्यमा फ्रेण्डशिप ग्रुप अफ टोखा र ज्योति बिकास बैंकको सहयोगमा आज वृक्षारोपन गरिएको हो ।
टोखालाई हरियाली राख्ने वडाको उदेश्यले लुम्विनि विश्व शान्ति मञ्चको १० लाख वोट बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत वृक्षारोपन कार्य सुरु गरेको वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनुभयो । आफ्नो वडामा १० हजार विभिन्न प्रजातिका बोट बिरुवा रोप्ने योजना रहेको समेत उहाँले जानकारी गराउँनु भयो ।
आज तेजपत्ता रोपिएको र पछि विस्तारै फलफुलको वोटहरु पनि रोपिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सथै, उहाँले कसैलाई तेजपत्ताको बिरुपा रोप्न मन लागेमा कार्यालय समयमा वडा कार्यालयमा लिन आउन पनि वडाबासीहरुमा अनुरोध गरेका छन् ।