• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • बालुवाटारमा गठबन्धनको बैठक सुरु

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको ‘निर्णायक बैठक’ सुरु भएको छ। संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो।

    संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ। शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो।

    नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। यस्तै माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ।

    Facebook Comments Box