• टोखा टाइम्स

    • प्रकाशित मिति:२१ आश्विन २०८०, आईतवार


    बिज्ञापन
  • टोखा उद्यमी बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

    टोखा टाइम्स, काठमाडौं । ट‍ोखा उद्यमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    टोखा उद्यमी बहुउद्देश्यीय सहकारीको अध्यक्ष सत्यदेवी डंगोलको अध्यक्षतामा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा ट‍ोखा सहकारी शाखा प्रमुख कमला कार्कीको विशिष्ट आतिथ्यतामा टोखाको सद्भाव व्याङक्वटमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण, विनियम संशोधन तथा भावि नीति र कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष ०८०/८१ को तेस्रो वार्षिक साधारण सभा सहकारीले शनिबार सम्पन्न गरेको हो ।

    सभामा संस्थाको अध्यक्ष सत्यदेवी डंगोलले आ.व २०७९⁄०८० वार्षिक प्रतिवेदन पेश गरिन् । संस्थाको गत आर्थिक वर्षमा शेयर पूँजी मा १ करोड २ लाख ९० हजार ४० सय, निक्षेप संकलन २ करोड २० लाख ८४ हजार एक सय ६२ रुपयाँ र शेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा २ करोड ७७ लाख १२ हजार ५ सय ९७ रुपयाँ ऋण लगानी रहेको छ । आ.व २०७९/०८० मा संस्थाले ४४ लाख १९ हजार ५ सय ३३.१२ रुपयाँ मात्र नाफा गरेको छ ।

    कार्यक्रममा उत्कृष्ट निक्षेपकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियो । उत्कृष्ट निक्षेपकर्ता तर्फ रत्नलाल डंगोल, नारायणदेवी श्रेष्ठ, तिर्थ नारायण श्रेष्ठ,  सुमन सुनार, लक्ष्मी श्रेष्ठ, कल्पना श्रेष्ठ, सुञ्जना खड्गी, रुपेस तामाङ· र सुकुमाया श्रेष्ठ सम्मानित भए । त्यस्तै, उत्कृष्ट ऋणी तर्फ राम कार्की, टिका प्रसाद गुरुङ, धनदोज तामाङ, नरेन्द्र बहादुर नकर्मी, विनोद श्रेष्ठ , सुवास चन्द्र काफले,  तिर्थ माया श्रेष्ठ र मिन बहादुर तामाङ सम्मानित भए ।

    संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    संस्थाको उपाध्यक्ष संगीता डंगोलले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष आनन्द कुमारी श्रेष्ठले वित्तिय अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरिन् ।

    सहकारी संस्थाका सचिव सुशीला श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम टोखा नगरपालिका २ र ३ वडाध्यक्षद्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, २ वडाका निवर्तमान वडाध्यक्ष तथा संस्थाका सल्लाहकार दिकराज जोशी,  प्रकाश डंगोल, रोहित श्रेष्ठ, आधिकारका लागि पहुँच नेपालका संयोजक विनोड पौडेल टोखा मिडिया नेवर्कका अध्यक्ष तथा टोखा टाइम्सका सम्पादक सुबिन्द्र श्रेष्ठ लगायतको आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

    कार्यक्रमको थप तस्वीर हेर्नुहोस् तस्वीर सुकराम श्रेष्ठ

    Facebook Comments Box