• टोखा टाइम्स

    • प्रकाशित मिति:२१ आश्विन २०८०, आईतवार


    बिज्ञापन
  • टोखा प्रथम कर सप्ताह सम्पन्न, २५ करोड राजश्व संकलन गर्ने लक्ष्य

    टोखा टाइम्स, काठमाडौं । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ टोखा नगरपालिकाले आयोजना गरेको कर सम्पताह सम्मान्न भएको छ । गत असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको कर अभियान समापन कार्यक्रममा शनिबार पत्रकार समेल्न गरी ८०/८१ मा २५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको जानकारी दिएको हो ।

    नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा  २३  करोड १८  लाख राजश्व संकलन गरेको थियो । भने, आ.व ८०/८१ मा २५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको प्रशासकीय प्रमुख अधिकृत शेर बहादुर बागचन्दले बताउनुभयो ।

    पत्रकार समेल्नमा कर सप्ताहको बारेमा जानकारी दिदैँ  प्रशासकीय प्रमुख अधिकृत शेर बहादुर बागचन्दले चालु आर्थक वर्ष ८ करोड ७ लाख राजश्व संकलन गरिसकेको जानकारी दिनुभयो ।

    ‘यो कुल अनुमानको ३२.२९ प्रतिशत हो । हामीले यो वर्ष आर्थिक ऐन जारी गरेर त्यसमा केही करको छुट्टका व्यवस्था राखेका छौँ  ।र, यो कर सप्ताह सँगसँगै कर संकलन गर्ने विषयलाई जोडदार रुपमा उठाएको कारणले गर्दा यो वर्ष अघिलो आर्थिक वर्ष भन्दा  हामीले लक्ष्य चाडै प्राप्त गरेका छौँ । अघिलो आर्थिक वर्षमा हामीले यो अवधिसम्ममा आईपुग्दा २४.८ प्रतिशत राजश्व संकलन गरेका थियौँ । यो आर्थिक वर्षमा चाडैनै लक्ष्य प्राप्त गरेका छौँ ।’ – प्रशासकीय प्रमुख अधिकृत शेर बहादुरले बताउनुभयो ।

    यही दरमा राजश्व संकलन हुने हो भने नगरपालिकाले लिएको लक्ष्य २५ करोड भन्दा ३० करोड संकलन हुने प्रक्षेपन गरेको छ ।

    उहाँले ठुला करदाताहरुले समयमै राजश्व नबुझाएको आवस्था रहेको बताउँदै सम्पुर्ण करदाताहरुले समयमै राजश्व तिरी समृद्ध टोखा, सम्मुन्नत टोखा, कला, धर्म  र संस्कृति युक्त टोखा निर्माणका लागि योग्दान पुर्‍याउन आग्रह गर्नुभयो ।

    नगरपालिकाले चालु आ.व.मा नगरपालिकाको ११ प्रतिशत आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ ।

    नगरपालिकाले स्थानीय स्रोतलाई अधिकत्मरुपमा परिचालित गर्नु, आर्थिक ऐनका प्रवधानहरुलाई आम करदाताहरुमा जानकारी समप्रेशन गर्नु, आम करदाता र नगरपालिकाको सम्बन्ध नजिक बनाउनु र विकास निर्माणको हरेक पहलहरुमा सम्पुर्ण महानुभावहरुको योगदानलाई घनिभुत बनाउनु उद्देश्यले कर सप्ताह आयोजना गरिएको हो ।

    टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङको अध्यक्षतामा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम करदाताहरुलाई सम्मान गरेका छन् ।

    सम्मानित हुने संस्थाहरुमा एन आई सि एसिया बैक लि., कुमारी बैंक लिमिटेड, अभिसिन्ना मेडी नेपाल प्रा.ली, सि.डि डेप्लपर्स प्रा.लि, मिल्सवेरी इन्टरनेशनल स्कुल, जेम प्लाष्टीक काफ्ट्स प्रा.लि, श्रेया इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, साउथ वेष्टर्न स्कुल प्रा.लि, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्ट स्टोर प्रा.लि, ट्रान्सट्रीप गार्मेट उद्योग प्रा.लि, गण्डकि मोर्डन अपार्टमेन्ट प्रा.लि र नेपाल सी आर एस कं प्रा.लि भएका छन् । त्यसका साथै समयमै र बढि राजश्व तिर्ने विभिन्न व्यक्तिहरु पनि सम्मानित भएका थिए ।

    ०८०/८१ मा कर सप्ताह अवधिमा धेरै राजश्व संकलन गरेको टोखा नगरपालिका ९ वडा कार्यालयलाई पनि कार्यक्रममा सम्मान गरेको थियो ।

    Facebook Comments Box