टोखा टाइम्स, काठमाडौं । टाेखा नगरपालिकाकाे नवनिर्मित भवनको एक कार्यक्रमकाबीच उद्घाटन भएको छ। नवनिर्मित भवनको टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्ताेष बुढाथाेकीले उद्घाटन गरेका हुन्।
टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार ठेक्का सम्झौतामा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सीले बताए। उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण भएको र स्रोत साधनका अभावका कारण निर्माण कार्य समयमै सम्पन्न गर्न कठिन भएको उनले जानकारी दिए ।
भवनको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले नयाँ प्रशासकीय भवनबाट एकद्वार प्रणालीमा सेवा प्रवाह गरिने बताएका छन्। जनताको मनोभावना अनुसार आफूहरुले काम गरेको उनले जानकारी दिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले नगरपालिकाको आफ्नै प्रशासकीय भवनबाट सेवा सुरू गरेकोमा बधाई तथा शुभकामना दिदै कर्मचारी तथा जनप्रतिनिधिहरूले सेवाग्राहीहरूलाई चुस्त, पारदर्शी र झन्झट रहित छिटो तथा छरितो रूपमा सेवा दिनु पर्ने सुझाव दिएका थिए ।