• टोखा टाइम्स

    • प्रकाशित मिति:२३ कार्तिक २०८०, बिहीबार


    बिज्ञापन
  • सपनतीर्थ-फौडोल- मालुङ्ग सडक : तिहार सकिए लगतै कालोपत्रे हुने

    टोखा टाइम्स। टोखा नगरपालिका २ को सपनतीर्थ- फौडोल- मालुङ्ग सडक तिहार लगतै कालोपत्रे हुने भएको छ । आज सो सडक खण्ड अन्तर्गत दोस्रो चरणको निर्माण कार्य भैरहेको बाटोको बेस सम्याउने कामको निरीक्षणका क्रममा टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले तिहार सकिए लगतै बाटोको कालोपत्रको कामलाई तीव्रता दिइने बताउनु भयो ।

    अध्यक्ष श्रेष्ठले सो बाटोको केहि भागमा हिलोपन भएकोले बाटोको निर्माण कार्यमा ढिलाई भएको समेत जानकारी दिनुभयो । ‘हतारमा गुणस्तरहिन काम गर्नु हामी नगरबासीहरुलाई नै घाटा हुनेछ, बरु ढिलो होस तर बलियो र टिकाउ हुने काम हुनु पर्छ भने मेरो मान्यता रहेको छ  ।’

    टोखा -२ मा भौतिक पुर्वाधार निर्माणको कामलाई तीव्र रुपमा अगाडि बढाइएको बताउदै उहाँले बाटोको सिमाङ्कण, व्यवस्थापन तथा निर्माणका काम प्राथमिकताका साथ भैरहेको बताउनुभयो ।

    Facebook Comments Box