• टोखा टाइम्स

    • प्रकाशित मिति:२३ कार्तिक २०८०, बिहीबार


    बिज्ञापन
  • टोखामा आधारभूत मन्टेश्वरी शिक्षक तालिम

    टोखा टाइम्स । टोखा नगरपालिका २ मा ३ महिने आधारभूत मन्टेश्वरी शिक्षक तालिमको उद्घघाटन भएको छ ।

    टोखा नगरपालिका २ वडा कार्यालयको आयोजना तथा उत्पला एजुकेशनल अर्गनाईजेसनको समन्वयनमा सञ्चालन हुने आधारभूत मन्टेश्वरी शिक्षक तालिमको आज टोखा नगरपालिकाका कार्यवाहक मेयर तथा उपमेयर मुरारी तामाङले उद्घाटन गर्नु भएको हो ।

    टोखा २ वडा भित्रका १२ कक्षा उत्तीर्ण भएका वडाबासीहरुको रोजगारी प्रर्बदन गर्नका लागी आयोजना गरिएको सो तालिममा २५ जनाले यो तालिम पाउनेछन ।

    टोखा नगरपालिका २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठको सभापतित्वमा आज एक भब्य समारोह बिच भएको कार्यक्रममा वडा सदस्य द्वय सविना श्रेष्ठ र लक्ष्मी हिङमाङ, नगर शिक्षा अधिकृत खगेनद्र सिंग धामी, वडा सचिव सालिकराम गौतम, उत्पला एजुकेशनल अर्गनाईजेसनकी अध्यक्ष सरीता मर्हजन तथा सहभागीहरुको उपस्थीती रहेको थियो ।

    Facebook Comments Box