• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२४ कार्तिक २०८०, शुक्रबार


    बिज्ञापन
  • भुकम्प पीडितलाई टोखा नगरपालिकाको आर्थिक सहयोगको घोषणा

    टोखा टाइम्स, काठमाडौं ।  टोखा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितका लागि आर्थिक सहयोग गर्ने भएको छ । भुकम्प पिडितहरुको उद्धार, राहत, पुनर्स्थापना तथा भत्किएका संरचनाको पुनः निर्माणको लागि नेपाल सरकारले खडा गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख उपलब्ध गराउने नगर कार्यपालिकाबाट निर्णय गरेको छ।

    यसका साथै नगरपालिका तथा अन्तर्गत कार्यरत अधिकृतस्तरका कर्मचारीहरुको २ दिन र सो भन्दा तल्लो तहका कर्मचारीहरुको १ दिनको पारिश्रमिक, मा. वि. शिक्षकहरुको २ दिनको र अन्य शिक्षक तथा कर्मचारीहरुको १ दिनको पारिश्रमिक तथा नगरपालिकाका जनप्रतिनिधिहरुको तर्फबाट एकमुष्ट ५९ हजार रकम सोहि कोषमा जम्मा गर्ने निर्णय भएको र नगरकार्यपालिकाको निर्णय बमोजमको रकम तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बी.सीले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

    ‘भुकम्प पिडितहरुको उद्धार, राहत, पुनर्स्थापना तथा भत्किएका संरचनाको पुनः निर्माण कार्यमा तिनै तहको सरकारको सम्पूर्ण संयन्त्र अहोरात्र खटिईरहेको र उक्त कार्यमा राज्यका निकायलाई आवश्यक सहयोग पुर्याउनु हुन विभिन्न संघ-संस्था, नागरिक समाज, आमसंचार नीजि क्षेत्र लगायत देश विदेशमा रहनु हुने नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।

    जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका वडा न. १ रामीडाडाँ केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण ठूलो संख्यामा मानविय तथा भौतिक क्षतिका साथै सयौं व्यक्तिहरु घाईते भएका छन् ।

    प्रेश विज्ञप्ति

    Facebook Comments Box