• टोखा टाइम्स

    • प्रकाशित मिति:२६ कार्तिक २०८०, आईतवार


    बिज्ञापन
  • सारा जीवन संगीतमा अर्पण गर्ने गायिका

    नेवारी भिडियो चलचित्रको गीत छ न्हिला न्हिला हॅु,विश्वया शान्ती यायेत झाम्ह , कृष्ण पाउरोटी, पुतली हो पुतली, बालगीत ‘म्याउँ, म्याउँ बिरालो, यतातिर आउ , अबको पालो मेरो प्रभु अब जाने पालो मेरो प्रभु , सोधुँ सोधुँ लाग्छ मलाई मिलनका दिन, बोलुँ बोलुँ लाग्छ मलाई जीवनमा गीत’ जस्ता आधुनिक गीतहरूबाट गायन क्षेत्रमा प्रसिद्दि कमाएकी गायिका संगीता शाक्यका गीतहरू जति रसिक हुन्छन , त्यति नै भावप्रद र अर्थदायक पनि हुन्छन्। उस्ताद भैरवबहादुर थापा र गायिका धर्मादेवी थापाकी छोरी हुन्, संगीताशाक्य।

    हिजोआज स्टेजमा बाहेक पत्रपत्रिकाहरूमा त्यति देखिनु भएको छैन नि किन ? यसको ठोस उत्तर गायिका संगीता शाक्यसंग पनि छैन।

    आज पाटन स्थित अशोक हलमा एउटा कार्यक्रमको सिलसिलामा पुग्दा अचानक वहॅासित जम्काभेट भयो। २० वर्ष अगाडी कामनाको लागि वहांसित यो पंत्तिकारले अन्तर्वार्ता लिएको थिेए। र आज २० वर्ष पछि भेट हॅुदा म अचम्म भएॅ। वहांसित वार्ता गर्न चाह्यो। उहां पनि तुरून्तै राजी हुनु भयो।

    तपाई त विभिन्न कार्यक्रम लिएर विदेश गइरहनु हुन्छ। विदेशमा रहंदाको अनुभव कस्तो छ? र नेपालको गायनको क्षेत्र बारे तपाईको अनुभव चाहि कस्तो छ?
    यसरी मैले शुरूमै दुईवटा प्रश्न गरें। वास्तवमा थुप्रै प्रश्न बेग्लाबेग्लै सोध्दा समयाभाव हुनसक्ने र म रितो हात फर्कनु पर्ने संभावना भएकैले मैले दुई वटा प्रश्न एकैचोटी सेधेको थिएॅ।

    “विदेशतिर त निकै रमाइलो हुन्छ।तर देशको सम्झना भने आईरहन्छ। उनीहरू नेपाली संस्कृर्ति मन पराउछन्। मेरो पारिवारिक पृष्ठभूमि नै सांगीतिक भएकोले संगीतामा पनि सानैदेखि संगीतप्रति लगाव हुनु स्वभाविक नै थियो।पहिलेको तुलनामा अहिले गीत संगीत राम्रो हुदै गईरहेको छ। तर त्यसबेला संगीतकार, रचनाकार, वाद्यवादकहरु सबै बसेर गीत रेकर्ड गर्दाको मज्जा नै बेग्लै हुन्थ्यो। अहिले त कसको गीत बजिरहेको छ केही पनि थाहा हुँदैन।’

    यसै बीच उनी गीत गाउनको लागि स्टेज जानु पर्ने बताईन।अनि स्टेजमा गीत प्रस्तुतिकै क्रममा जुजुकाजी रंजित र संगीता शाक्यले आफ्नो स्वरको जादु देखाए ।

    Facebook Comments Box