• टोखा टाइम्स

    • प्रकाशित मिति:२७ कार्तिक २०८०, सोमबार


    बिज्ञापन
  • नेपाल संवत्‌लाई सरकारी दस्तावेजमा प्रयोग गर्ने मन्त्रिपरिषदको निर्णय

    टोखा टाइम्स, काठमाडौं । राष्ट्रिय संवत्‌को रुपमा मान्यता प्राप्त नेपाल संवत्‌लाई अब सरकारी दस्तावेजमा पनि प्रयोग हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमवार बिहान बोलाएको मन्त्रिपरिषद्को बैठले सो निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

    यो निर्णयको औपचारिक घोषणा भोलि मंगलवार हुने नेपाल संवत् न्हूदँया भिंतुना सभामा प्रमुख अतिथिको स्थानबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएको छ ।

    नेपाल संवत् ११४४ न्हूदँको अवसरमा भोलि मंगलवार हुने भिंतुना सभामा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएका छन् भने सो सभाबाट उक्त निर्णयको औपचारिक घोषणा समेत हुने भएको हो ।

    यस अघि कौलागा नवमी (कार्तिक २० गते) सोमवारका दिन नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिमा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटि नेपाल संवत्‌लाई सरकारी दस्तावेजमा प्रयोग गर्नु पर्ने माग गरेको हो ।

    उक्त भेटमा प्रधानमन्त्री दाहालले समितिको सो भागलाई सम्बोधन गर्ने बच्न दिएका थिए भने आज त्यसको कार्यान्वयन गर्न मन्त्रिपरिषदले निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

    पुष्पकमल दाहाल प्रथम पटक प्रधानमन्त्री हुँदाको समयमा नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को सरकारी मान्यता दिएका थिए । त्यस्तै, नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाःलाई कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदाको समयमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

    Facebook Comments Box