• स्नातकोत्तर तह नेपालभाषामा भर्ना खुल्ला

    टोखा टाइम्स, काठमाडौं ।काठमाडौंको  प्रदर्शनीमागमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पस र ललितपुर जिल्लाको नेपालभाषा केन्द्रिय विभाग  पाटन ढोकामा नेपालभाषा स्नातकोत्तर तहमा (एम. ए) भर्ना खुलेको छ। त्रिभुवन विश्व विद्यालय अन्तरगत रहेको  नेपालभाषा केन्द्रीय विभाग पाटन ढाकामा २०३५ साल देखि नेपालभाषाको अध्यापन हुदैआइरहेको छ ।

    त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८० / ०८१ ले एक सुचना जारी गरी भर्ना बारे जानकारी गराइएको छ ।

    रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ताहरुको सक्रियतामा काठमाडौं महानगरपालिकासँग नेपालभाषा स्नातकोत्तर तह सञ्चालन गर्नकाेलागी  पाँच वर्षको सम्झौता भएको हो ।जस अनुरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा इतिहासमै पहिलो पटक वि.सं. २०७८ सालदेखि विधिवत् रुपमा स्नातकोत्तर (एम.ए) तहमा नेपालभाषा अध्यापन हुँदै आईरहेको छ। नयाँ रोजगारीको अवसर दिनप्रतिदिन बढिरहेको र बागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई काम काजी भाषाको रुपमा ल्याउने प्रदेश सरकारको घोषणा बमोजिम स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा अध्ययन गर्नेहरुको आकर्षन दिन प्रतिदिन बधिरहेको नेपालभाषा अभियान्ता यवम सुकुन्दा साहित्य पा: ला अध्यक्ष  प्रशान्त डंगोल बताए ।

    गतिशील जगतमा हरेक पदार्थ,वस्तु, प्राणीले रुप फेरिरहन्छन । परिवर्तनसिल समयका कारण सभ्य समुदाय,संस्कार ,साहित्य ,संस्कृति सम्पन्न आफ्नै लिपि,भाषा र भुगोल पिच्छे फरक फरक भाषिका रहेको विश्वको चौठो स्रेणीमा रहेको नेपालभाषाको बिकास विभिन्न काल परिस्थिति पारगर्दै आजसम्म आइपुग्दा धेरै वाधाव्यवधान पार गरेको अवशेषहरु भेताउन सक्छौं ।

    नेपालभाषा अभियान्ता हरुकै बलबुत्ताले रत्न राज्य लक्ष्म क्याम्पसमा स्नातक तहमा नेपालभाषा फेज आउत भएको १५ बर्ष पछि २०७४ सालमा पुन: अध्यापन गराउन सफल भएको हो ।

    भर्ना सम्बन्धी थप जानकारी तल उल्लेख गरिएको छ :

    Facebook Comments Box